संयुक्त राष्ट्रसंघको महिलाबिरुद्धको विभेद उन्मुलन कमिटिमा राणा पुनः निर्वाचित

bandana-rana
लाेकपाटी न्यूज

काठमाडौं। संयुक्त राष्ट्रसंघको महिलाविरुद्धको विभेद उन्मुलन कमिटिमा बन्दना राणा पुनः निर्वाचित भएकी छिन्। न्युयोर्कमा उनी १३७ मत ल्याएर पुनः निर्वाचित भएकी हुन्।

उनी कमिटिमा निर्वाचित ११ उम्मेदबारमध्ये एक हुन्। सन् २०२१ देखि २०२४ सम्मको कार्यकालका लागि ११ जना निर्वाचित हुनुपर्नेमा १९ जनाको उम्मेदबारी परेको थियो। बन्दना राणाले अरु १६ उम्मेदबारहरुले भन्दा सबैभन्दा धेरै मत प्राप्त गरेकी हुन्।

नेदरल्याण्ड, बहामस, लिथुआनिया, घाना, अष्ट्रेलिया, मेक्सिको, लेबनान, फ्रान्स, फिलिपिन्स र चीनका विज्ञहरु पनि निर्वाचित भएका छन्। बन्दना राणा अहिले महिलाबिरुद्धको विभेद उन्मुलन कमिटिमा भाइस चियर समेत छिन्। राना उक्त कमिटिमा काम गर्ने पहिलो नेपाली हुन्। उनीसँग लैंगिक समानता र महिला अधिकारका क्षेत्रमा काम गरेको झण्डै तीनदशक लामो अनुभव रहेको छ।

राष्ट्रसंघ न्युयोर्कका लागि नेपाली राजदूत अमृतबहादुर राईले राणाको पुनः निर्वाचन उनको प्रमाणित विज्ञता र अनुभवको पहिचान भएको बताएका छन्। राणाको जीत कन्भेन्सन र यसको वैकल्पिक प्रोटोकल लागु गर्नेमा नेपालको इमान्दार प्रयासमा अन्तर्राष्ट्रिय समुदायको स्वीकारोक्ति भएको राईले बताए।

साथै यो नेपालले महिला अधिकारको प्रवद्र्धनमा गरेको उपलब्धीको प्रशंसा समेत रहेको राईको भनाई छ। राजदूत राईले नेपालका तर्फबाट उम्मेदबारी दिएकी राणाको क्षमतामा विश्वास गरेर निर्वाचित गरेकोमा सबैलाई धन्यवाद दिएका छन्।

११ सदस्यीय कार्यसमितिमा नेपालसहित घाना, अस्ट्रेलिया, चीन, बहमास, लिथुआनिया, लेबनान, फ्रान्स, फिलिपिन्स, मेक्सिको र नेदरल्याण्डसमेत निर्वाचित भएका छन्।

राष्ट्रसंघबाट पूर्ण मान्यताप्राप्त र विश्वका १८९ राष्ट्रले अनुमोदन गरिसकेको छ। सिडको समितिले हरेक ४ वर्षमा मुलुकको महिला हक–अधिकार स्थितिबारेमा रिपोर्टिङ गर्छ।