संसद अधिवेशन बोलाउन डा. भट्टराईको माग

Baburam-Bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, २२ कात्तिक। जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद डा. बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् संघीय संसदको अधिवेशन बोलाउन माग गरेका हुन्।

उनले सत्तारुढ दल नेकपाको आन्तरिक किचलो उसैले छिनोफानो गरेपनि हालका लागि गम्भीर विषयमा छलफल गर्न संसद अधिवेशन बोलाउनुपर्ने माग गरेका छन्।

डा. भट्टराईले कोरोना महामारी, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्ध र अन्य विषयमा संसदमा छलफल हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्