सचिवालयमा नयाँ पुस्ताकाे बहुमत हुनुपर्छ : गाेकुल बाँस्कोटा

gokul baskota
लाेकपाटी न्यूज

काठमाडौं, २३ कार्तिक। पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहनेगरी सचिवालयको पुर्नगठन गर्नुपर्ने बताएका छन्।

आइतबार  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बास्कोटाले  एक ट्विट गर्दै पार्टीको सचिवालयमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया अगाडि सानुपर्ने बताएका हुन्।
सचिवालयमा नयाँ पुस्ताको नेताहरुको बाहुल्यता रहनेगरी पुर्नगठन भएमा दुई कार्यकालको झन्झटपूर्ण खेल खत्तम हुनेमा पूर्वमन्त्री बास्कोटाले बताए।

‘नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहनेगरी सचिवालयको पुनर्गठनबाट सुरु गरौं,’ उनले लेखेका छन्, ‘कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खतम।’

‘नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँ पुस्ताका नेताहरुको वाहुल्यता रहने गरी सचिवालयको पुनर्गठनबाट सुरु गरौ।कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खतम।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्