सचिवालय बैठक सूर्य थापाले राेकेर राेकिन्छ ? : प्रेम रिमाल

Prem Rimal
प्रेम रिमाल

लोभी खञ्चुवाहरू फुटेपछि लुट्न पाइन्न भनेर एकोहोरो एकताको कुरा रट्दै बैठक बस्दैन भन्दैछन्। बैठक भनेको अप्रेसन पनि हो अङ्ग प्रत्यारोपण पनि हो। त्यसैले आवश्यकता र तयारी भएपछि अप्रेसन रोक्ने होइन।

नेकपाको भोलि (०७७/०८/०३ गते) हुने भनिएको सचिवालय बैठक गर्नुपर्छ अनि प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण सफल गराए जसरी यो बैठक सफल बनाउने जिम्मा यो पार्टीको सचिवालयको हो।

डराएर सल्यक्रिया नगरेको भए प्रधानमन्त्री ओलीले यो स्वस्थ जीवन कसरी पाउनुहुन्थ्यो र ?एकता बचाउने मात्र होइन भावनात्मक र बलियो बनाउन बैठक, बहस, छलफल,आलोचना, आत्मालोचना, रूपान्तरण र निर्णय गर्ने अनि निर्णयलाई लागू गर्ने सामान्य र स्थापित पद्धतिलाई अपनाउनुको विकल्प छैन।

आफैं ३ गते बैठक बस्ने भनेर एक मतले निर्णय गरेर उठ्ने अनि सूर्य थापाको निर्दैशन अनुसार बैठक हुँदैन भन्ने छुट केपी ओली र प्रचण्डलाई हुन्छ ?

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्