सरकारलाई असफल बनाउने ‘कोटेश्वरतिरको तानाबाना’ चकनाचुर पार्छौंं : ओली

oli kaka
लाेकपाटी न्यूज

काठमाडौं, २० कार्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वरमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता हुनुलाई ‘तानाबाना’ को संज्ञा दिएका छन्।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले सरकारलाई असफल बनाउने ‘कोटेश्वरतिरको तानाबाना’ चकनाचुर पारिने बताएका हुन्।

कोटेश्वरमा पूर्वमाओवादीको कार्यालय (पेरिसडाँडा) रहेको छ भने माधव नेपालको निवास पनि कोटेश्वरमा रहेको छ।उनले सरकार असफल बनाउँदा पार्टी र देश बलियो नहुने बताएका थिए।

क्याबिनेट सकिएपछि ओली र प्रचण्डको भेट प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै एक घण्टा चल्यो। तर, दुवै अध्यक्ष आ–आफ्नै अडानमा रहेपछि वार्ता बिना निश्ष्कर्ष टुंगीएको थियो।