सरकार विरुद्ध प्रदर्शनको तयारीमा २१ दलीय गठबन्धन

Biplap
लोकपाटी न्यूज

काठमाडौं। भूमिगत अवस्थामा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितको गठबन्धनले सातै प्रदेशमा प्रदर्शन गर्ने भएको छ। २१ दलीय गठबन्धनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सहित उखु किसानको बक्यौतालाई लिएर विरोध प्रदर्शन गर्ने भएका हुन्।

गत बिहीबार बसेको गठबन्धनको बैठकले मंसिर ७ गते काठमाडौंको माईतीघरमा प्रदर्शन गर्ने निर्णय गरेको हो। एमसिसी खारेज हुनुपर्ने लगायतका माग राख्दै गठबन्धनले सातै प्रदेशका एक/एक ठाउँमा प्रदर्शन गर्ने तयारी गरेको छ।

एमसिसी खारेज हुनुपर्ने, भारतले अतिक्रमित गरी कब्जा गरेको कालापानी, लिम्पियाधुरा, लिपुलेक, महेशपुर क्षेत्र फिर्ता गर्नुपर्ने, कोरोना उपचार र परीक्षण निःशुल्क गर्नुपर्ने, तराईका उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउनुपर्ने गठबन्धनको माग छ।