सवारी दुर्घटनामा परी बहिनीको मृत्यु, दाजु घाइते

Accident-1
लाेकपाटी न्यूज

दाङ। दाङ तुलसीपुरको गुल्म चोकमा भएको सवारी दुर्घटनामा बहिनीको मृत्यु भएको छ भने दाजु गम्भीर घाइते भएका छन्।

भाइटीकाको दिन भएको सवारी दुर्घटनामा बहिनीको मृत्यु भएको हो भने दाजु गम्भीर घाइते भएका हुन्।

रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई लु अ क ३९४६ नम्बरको स्कारपिओ गाडीले ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निवासी मनिषा लामिछानेको मृत्यु भएको छ। उनका दाजु विराज लामिछाने गम्भीर घाइते छन्।

मनिषा दाङको तुलसीपुरबाट प्रसारण हुने रेडियो हाम्रो पहुँचकी सहायक प्राविधिक हुन्। मोटरसाइकल चढेर घरबाट रेडियोको कार्यालयमा जाँदै गर्दा स्कारपियो गाडीले ठक्कर दिएको थियो।

ठक्करबाट घाइते भएका दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको थियो। मनिषाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते बिराजको भने कोहलपुरमै उपचार भइरहेको छ। ठक्कर दिने गाडी र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्