सुदूरपश्चिम प्रदेशमा कति संक्रमण ? कति मृत्यु ?

corona_virus
लोकपाटी न्यूज

धनगढी। सुदूरपश्चिम प्रदेशमा कोभिड-१९का कूल सङ्क्रमित १० हजार ५३५ पुगेका छन्। तीमध्ये आठ हजार ८१३ सङ्क्रमित उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छन्। सेती प्रादेशिक अस्पतालको सघन उपचारकक्ष (आइसीयू)मा पाँच जना उपचाररत छन्।

सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार प्रदेशमा यो रोगको सङ्क्रमणबाट अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी प्रदेशको राजधानी जिल्ला कैलालीमा १७ जनाको मृत्यु भएको छ। यस्तै बझाङमा तीन, अछाम, बाजुरा, कञ्चनपुर र डडेलधुरामा दुई/दुई र बैतडी, दार्चुला र डोटीमा एक/एक जनाको मृत्यु भएको छ।

पछिल्लो दुई हप्तायता सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट मृत्यु हुने दर बढ्दै गएको छ। यो अवधिमा आठ सङ्क्रमितको मृत्यु भएको छ। सङ्क्रमितमध्ये होम आइसोलेसनमै मृत्यु हुने कतिपयको तथ्यांक भने मन्त्रालयसँग छैन। तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्