सुनको मुल्य बढ्यो, तोलाको कति ?

gold-coins-money-saving
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार बजारमा छापावाला सुनको भाउ तोलामा ९६ हजार ३०० कायम छ।

नेपाली बजारमा सुनको मुल्य आज पनि बढेको हो। हिजो मंगलबार तोलामा ४०० रुपैयाँले बढेको सुनको मूल्य आज ९०० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुनको मूल्य प्रति तोला ९६ हजार ३०० कायम भएको छ।

हिजो मंगलबार छापावाल सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, महासंघले आजका लागि तेजाबी सुनको मूल्य ९५ हजार ८०० रुपैयाँ तोकेको छ।

सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने ओरालो लागेको छ। हिजो तोलामा एक हजार २१० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार २०५ रुपैयाँ कायम छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्