सुनको मूल्य आज कति छ ?

gold-coins-money-saving
लाेकपाटी न्यूज

काठमाडौं, १७ कार्तिक। नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापवाल सुन प्रतितोला ९५ हजार रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो।

यस्तै तेजावी सुन पनि आज ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि बढेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२०५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्