सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा एक सय रुपैयाँले घटेको छ।

जसअनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको ९५ हजार एक सय रुपैयाँ कायम भएको छ। कात्तिक २८ गते छापावाल सुनको मूल्य तोलाको ९५ हजार दुई सय रुपैयाँ थियो।

बुधबार तेजावी सुनको मूल्य तोलाको ९४ हजार ६ सय रुपैयाँ रहेको छ। कात्तिक २८ गते तेजावी सुनको मूल्य तोलाको ९४ हजार सात सय रुपैयाँ थियो।

बुधबार सुनको मूल्यमा सामान्य गिरावट आए पनि चाँदीको मूल्य भने उकालो लागेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर एक हजार दुई सय ३० रुपैयाँ कायम भएको छ।

कात्तिक २८ गते चाँदीको मूल्य तोलाको एक हजार दुई सय २० रुपैयाँ थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्