सुनको मूल्य घट्यो, तोलाको कति ?

gold-coins-money-saving
लाेकपाटी न्यूज

काठमाडौं। आज सोमबार नेपाली बजारमा एकै दिन सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा आज प्रतितोला तीन हजार ४०० रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको भाउ आज ९४ हजार ८०० रूपैयाँ कायम गरिएको छ।

यस्तै तेजाबी सुनको भाउ ९४ हजार ३०० रूपैयाँ कायम गरिएको छ। सोमबार तेजाबी सुनको भाउ तोलामा ९७ हजार ७०० रूपैयाँ थियो।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला एक हजार २८५ रूपैयाँ कायम रहेको चाँदीको भाउ आज एक हजार २१५ रूपैयाँ कायम गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्