सुनिल थापा बने नेपाली कांग्रेसको सहमहामन्त्री

Sunil_Thapa
  • 86
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २८ कात्तिक। सुनिलबहादुर थापा नेपाली कांग्रेसको सहमहामन्त्री भएका छन्।शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले थापालाई सहमहामन्त्रीमा मनोनित गरेको हो।

यसका साथै बैठकले थापासँगै कांग्रेसमा प्रवेश गरेका ६ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय समेत गरेको छ। बैठकले रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरी र टि.एन. योगीलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो।

यसैगरी, दिलिप राई आशाराम चौधरी र राजेशबहादुर सिंहलाई आमन्त्रित केन्द्रीय सदस्य बनाउने निर्णय गरिएको छ। सहमहामन्त्री बन्ने भएपछि उनले राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका थिए। थापा राप्रपा संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्