सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार गर्नेहरु को-को ? (नामसहित)

Surendra-Pande
  • 8
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा स्थायी समिति सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि केही व्यक्तिले आज दुर्व्यवहार गरेका छन्। शनिवार चितवनको राप्ती नगरपालिकामा आयोजित नेकपाको नगर कमिटी बैठकमा उपस्थित केही व्यक्तिहरूले नेता पाण्डेविरुद्ध नाराबाजी र होहल्ला गरेका थिए।

पार्टीको कार्यक्रममा प्रवेश गरेर नाराबाजी र होहल्ला गर्ने को थिए त ? यसबारेमा नेता पाण्डेले केही संक्षिप्त प्रतिक्रिया दिएका छन्। उनका अनुसार प्रधानमन्त्रीजीकी जनसम्पर्क सल्लाहकार सीता पौडेलकी भाइबुहारी प्रभा बरालसँगै कार्यक्रममा प्रवेश गरेका ८/१० युवाहरुले कार्यक्रममा हल्ला गरेका थिए। प्रभा बराल राप्ती नगरपालिकाको मेयर पनि हुन्।

बैठकमा पार्टीको कार्यदलले कसरी काम गर्‍यो भन्ने विषयमा आफूले केही कुरा राख्दा नाराबाजी गरिएको पाण्डेले बताए। घटनाका सम्बन्धमा उनले भने, ‘पुष्पलाल होस् या मदन भण्डारीको नाममा, कुनै पनि फाउन्डेसनहरु नबनाउने, त्यसले पार्टीभित्र गुटबन्दीको आधार बन्यो भन्ने हामी कार्यदलका सबैको सहमति हो भन्ने कुरा मैले राखें। यो कुरा हामीले दस्ताबेजमा लेख्यौं, स्थायी कमिटीले निर्णय गर्‍यो र यो अहिले पार्टीको निर्णय नै भइसक्यो र सबै सदस्यका वीचमा सर्कुलर पुग्या छ। म यिनै कुराहरु भन्दै थिएँ, उनीहरु नारा लगाउन थाले।’

यहीबीच कार्यक्रममा ती युवाहरुले मदन भण्डारी फाउन्डेसन जिन्दावाद, जबज जिन्दावाद, केपी ओली जिन्दावाद जस्ता नाराहरु लगाए। पाण्डेले भने, ‘नाराबाजी भएपछि मेयर पनि आत्तिन थाल्नुभयो। उहाँलाई अरु साथीहरुले तिनीहरुलाई ल्याएर यहाँ होहल्ला गराउने भन्दै गरेको सुनेको थिएँ। त्यसपछि उहाँ झन् आत्तिनुभयो। मचाहिँ उनीहरुले हल्ला गरुञ्जेल हाँसेर बसिरहें।’

सुरेद्र पाण्डे उपस्थित कार्यक्रममा होहल्ला गर्नेहरु को को थिए।

१. प्रधानमत्री केपी ओलीको जनसम्पर्क सल्लाहकार सिता पौडेलकी भाईबुहारी मेयर प्रभा बरालको प्रमुख नेतृत्व।
२. मुख्यमन्त्री डोरमणी पौडेलका सल्लाहकार तथा पुर्ब जिल्ला अध्यक्ष जगन्नाथ थपलियाका छोरा साथै प्रदेशका मन्त्री दावा लामाका ज्वाई सुरज थपलिया।
३. प्रदेशका भुमि ब्यावस्था सहकारी तथा कृषी मन्त्री दावा लामाको पिए प्रकाश कालाखेती ।
४. प्रदेश मन्त्री दावा लामाको छोरा ।
५. केदार आचार्य लगाएतका ४ जना भर्खरका केटाहरु।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्