‘सुसाईड नोट’ लेखेर बेपत्ता भएका डाक्टर भेटिए

dr.-jha
  • 15
    Shares
लाेकपाटी न्यूज

काठमाडौं । सुसाईड नोट लेखेर भक्तपुरबाट बेपत्ता भएका अर्थोडोन्टिस्ट डा.दिगम्बर झा भेटिएका छन्। मङ्गलबार बिहान डा. झा सुसाईड नोट लेखेर बेपत्ता भएका थिए।

बिहान ५ बजेतिर बा.१६ च. ८६७९ नम्बरको कारमा उनी घरबाट निस्केका थिए।  काभ्रेको भुम्लु गाउँपालिका १० स्थित ५५ किलोमा डाक्टरलाई फेला पारिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डिएसपी) कुमार विक्रम थापाले बताए। प्रहरीले उनी चढेको कार पनि फेला पारेको छ।

उनी ठिमीस्थित द डेन्टल सिटीका निर्देशक हुन्। गाडी लुकाएर घोत्लिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उनलाई फेला पारेको हो। घरबाट निस्केको दुईघण्टामा उनी काभ्रे पुगेका थिए।

डा.झाले फेसबुक पेजमा सुसाईड नोट लेखेका थिए। डेन्टल क्लिनिकको माथिल्लो तलामा भाडामा बस्दै आएका डा. झा र उनको बुवाको सम्बन्ध राम्रो नभएको बुझिएको छ। सुसाइड नोटमा उनले आफू परिवारका कारण आत्महत्या गर्न बाध्य भएको बताएका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा पनि उनको पछिल्लो समय घर परिवारसँगको सम्बन्ध राम्रो नभएको खुलेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्