स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि स्वास्थ्य चौकी बन्द

covid-19_corona
लोकपाटी न्यूज

राजेन्द्र बिक बाजुरा, २४ कार्तिक।

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा न.५मा रहेको र टाँटे स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरना संक्रमण पुष्टि भएको छ। स्वास्थ्यचौकीमा कार्यरत ४५ वर्षीय एक कर्मचारीमा आइतबार कोरना पुष्टी भएपछि स्वास्थ्य चौकी तीन दिनका लागि सिल गरिएको टाँटे स्वास्थ्य चौकीले जनाएको छ। स्वास्थ्य चौकी सिलपछि अति आवश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरिएका छन् ।

शुक्रबार १२ जनामा स्वाव संकलन गरि पिसिआर गरिएपछि एक जना स्वाथ्यकर्मीमा कोरना देखिएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिएका छन्। पन्तले दिएको जानकारी अनुसार स्वाब संकलन गरी अछाम जिल्लाको कमलबजार स्वास्थ्य चौकीमा गरिएको पिसिआर परीक्षणमा १२ जनामध्ये एक जना स्वास्थ्यकर्मीमा कोरना पुष्टी भएको हो ।

स्वास्थ्यकर्मीमा कोरना पुष्टी भएपछि स्वास्थ्य चौकीमा कार्यरत अन्य कर्मचारीको स्वाब लिई परीक्षण गरिने बुढीगंगा स्वास्थ्य शाखा प्रमुख दीपक शाहले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्