हङकङस्थित नेपाली रेस्टुरेन्टमा आगलागी : मृत्यु हुनेको संख्या ११

aago pic
लाेकपाटी न्यूज

काठमाडौं। हङकङस्थित नेपाली रेस्टुरेन्टमा आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ।  हङकङको कार्मालोन क्षेत्रमा नेपालीले सञ्चालन गरेको जिरे खुर्सानी नामक रेस्टुरेन्टमा आइतबार राति आगलागी भएको थियो।

जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगोलागी भएको बताइएको छ। मृत्यु हुनेमध्ये ७ जना नेपालीको भने सनाखत भइसकेको छ।

आगलागीमा परी मृत्यु हुनेमा ३८ बर्षीय युवराज कँडेल, १३ बर्षीय कृतिका कँडेल, ३५ बर्षीय राजबाबु नेपाल, ९ बर्षीय रियान नेपाल र ३९ बर्षीय शेरबहादुर गुरुङ छन। यसैगरी, ३२ बर्षीया अनिता निरौला र ४० बर्षीया विनिता तामाङको पनि मृत्यु भएको छ।