हामीले चुनाव जितिसक्यौँ : डोनाल्ड ट्रम्प

Donald Trump
लाेकपाटी न्यूज

वासिङ्टन, १९ कार्तिक। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चुनाव जितेको घोषणा गरेका छन्। चुनावको नतिजा आइ नसक्दै ट्रम्पले आफूले चुनाव जितेको घोषणा गरेका हुन्।

मतगणना जारी रहँदा ह्वाइट हाउसबाट सम्बोधन गर्दै ट्रम्पले भने, ‘जहाँसम्म मेरो कुरा छ, हामीले जितिसक्यौँ।’ ‘हामी ठूलो उत्सवका लागि तयार थियौँ,’ उनले भने, ‘हामीले सबै जित्दैथियौँ।’

उनले विपक्षीले धाँदलीको प्रयास गरेको आरोप पनि लगाए। अझै मतदान भइरहेको भन्दै उनले अदालत जाने चेतावनी पनि दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्