११ वर्षीया बालिकामाथि बलात्कार गर्ने अन्सारी पक्राउ

hatkadi-pakrau
लाेकपाटी न्यूज

काठमाडौं, १८ कात्तिक। काठमाडौंमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

भारत घर भई काठमाडौं महानगरपालिका-१७ धोबिचौर डेरा गरी बस्ने ४५ वर्षीय मुजबिल अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

बालिकालाई बलात्कार गरेको भन्ने खबर पाएपछि महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले अन्सारीलाई पक्राउ गरेको थियो।

अन्सारी र बालिकाकी बुवा एउटै ठाँउमा काम गर्ने वृत्तका डिएसपी दीपक खड्काले बताए।
उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्