२४ घण्टामा कति कोरोना संक्रमित थपिए, कति मृत्यु ?

corona_virus
लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो २४ घण्टामा थप एक हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण भएको छ। देशभरका प्रयोगशालामा ८ हजार ३२ नमूना परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९५७ जना रहेका छन्। मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ। जसमध्ये १ लाख ९९ हजार २४ जना संक्रमण मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मात्र देशभर ५ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन्।

यस्तै आइतबार देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय २१ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्