२४ घण्टामा कहाँ कति संक्रमण ? कति मृत्यु ?

covid-19_corona
  • 25
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५१ कोरोना संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा १३ हजार ३८ नमुना परीक्षण गर्दा १ हजार २०९ महिला र १८४२ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

संक्रमित मध्ये १ हजार ३९८ जना संक्रमित काठमाडौं उपत्यकामा भेटिएका छन्। आज देशरभर संक्रमित पुष्टि भएका सहित हाल नेपालमा संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टामा तीन हजार ४ सय ३० जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ ।

बिहीबार नेपालमा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या एक हजार ५२ पुगेको मन्त्रालयले जनाएको छ। अहिले ३६ हजार ५१४ जना आइसोलेशनमा छन्। देशभर हाल ३६ हजार ५१४ संक्रिय संक्रमित छन्।

कहाँ कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ३, उदयपुरमा १९, ओखलढुङ्गामा ६, झापामा ११०, तेह्रथुमका ३, धनकुटामा ११, भोजपुरमा १, मोरङमा १२१, संखुवासभामा ३, सुनसरीमा १०३, धनुषामा १८, पर्सामा १४, बारामा ८, महोत्तरीमा ३, रौतहटमा १, सप्तरीमा १३, सर्लाहीमा १०, सिरहामा १२, काठमाडौँमा १ हजार ९१, काभ्रेमा ७२, चितवनमा ९९, दोलखामा ३, धादिङमा ८, नुवाकोटमा २८, भक्तपुरमा १४७, मकवानपुरमा ६, रसुवामा २ र रामेछापमा ५ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै ललितपुरमा १६०, सिन्धुपाल्चोकमा १०, सिन्धुलीमा ३, कास्कीमा १२३, गोरखामा ११, तनहुँमा २३, नवलपरासीपूर्वमा ७२, पर्वतमा १४, म्याग्दीमा १, लमजुङमा ३, बाग्लुङमा ७, स्याङ्जामा २५, अर्घाखाँचीमा १०, कपिलवस्तुमा ८, गुल्मीमा १७, दाङमा १२, नवलपरासीमा ३७, पाल्पामा ३१८, प्यूठानमा ३, बर्दियामा १९, बाँकेमा ३१, रुपन्देहीमा १४२, सल्यानमा २, सुर्खेतमा ३, अछाममा १, कञ्चनपुरमा १६, कैलालीमा ५२, डोटीमा ३, बझाङमा २, बाजुरामा १ र बैतडीमा २ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्