२४ घण्टामा ११ सय ९७ संक्रमित थपिए, ९ जनाको मृत्यु

covid-19_corona
लोकपाटी न्यूज

काठमाडौं। नेपालमा गत २४ घण्टामा १ हजार १९७ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा थप १ हजार १९७ जनामा संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ।

उनीहरुमध्ये १२३० जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मात्र २९४३ जना क्रमणमुक्त भएका हुन्। हाल देशभर ३३ हजार ३७९ संक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको ज्यान गएको छ। यससँगै हालसम्म देशभर १ हजार २३० जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य मन्त्राललयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्