३ लाख २० हजार घुससहित दुई कर्मचारी पक्राउ

hatkadi-pakrau
लाेकपाटी न्यूज

दाङ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तुल्सीपुर दाङका दुईजना कर्मचारीलाई तीन लाख बीस हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

आयोग सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले मालपोत कार्यालयका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई घुससहित पक्राउ गरेको हो।

जग्गाको मोठ कायम गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिदै गर्दा शुक्रबार दिउँसो साढे १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धानका लागि अख्तियारको कार्यालय नेपालगञ्ज लगिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्