दुई देशबीचको सम्बन्ध सुधार गर्न मेरो प्रयत्न रहन्छः श्रृंगला

Harsa_bardan
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने भ्रमणका लागि बिहीबार बिहान काठमाडौं आइपुगेका छन्। विमानस्थलमा पत्रकारहरूसँग प्रतिक्रिया दिँदै श्रींगलाले नेपाल आउन पाएकोमा निकै खुसी भएको बताए।

उनले आफू पहिला नै नेपाल आउन चाहेको भए पनि कोरोनाभाइरसका कारण सम्भव नभएको बताए। उनले आफ्नो नेपाल भ्रमणमा दुई देशबीच मित्रता बढाउने विषयमा छलफल हुने बताए। श्रींगलाले आजै उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्।

‘नेपालमा आउँदा मलाई एकदम खुसी लागेको छ,’ उनले भनेका छन्, ‘म पहिला पनि काठमाडौं आएको छु। विदेश सचिव भएपछि पहिलोपल्ट आएको छु। भारत नेपालबीचको सम्बन्धमा सुधार बढाउने कुरा गर्छु। विदेश सचिव, विदेश मन्त्रीसँग कुरा हुन्छ। उच्चस्तरीय छलफल पनि हुनेछ। भोलि भारत नेपाल मैत्रीको विषयमा कुरा गर्छु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्