पश्चिम नवलपरासीको शिक्षा तथा समन्वय ईकाई कार्यालयमा तालाबन्दि

pic
लोकपाटी न्यूज
0 Shares

रमेश भुसाल/ पश्चिम नवलपरासी, ९ मंसिर। पारिश्रमिक नपाएको भन्दै शिक्षा सिकाई सहयोग अनुदानका शिक्षकहरुले पश्चिम नवलपरासीको शिक्षा तथा समन्वय ईकाई कार्यालयमा तालाबन्दि गरेका छन्।

चालु आर्थिक वर्ष देखिनै आफूहरुले पाउनुपर्ने पारिश्रमिक वापतको रकम नपाएको र सरकारले पनि अनुदान शिक्षकहरुको वारेमा चासो नदिएको भन्दै तालावन्दी गरेका हुन्। तालावन्दि कार्यक्रममा सहभागी शिक्षण सिकाई सहयोग अनुदान शिक्षक केन्द्रिय समित सदस्य यदुमणी खरेलले सरकारले विद्यालयमा दिने शिक्षण सिकाई सहयोग अनुदान बापतको रकमबाट पारिश्रमिक दिने गरि गणित, अंग्रजी र विज्ञान विषयमा शिक्षण आवश्यकतालाई परिपुर्ति गर्न अनुदानका शिक्षकहरु राखेको भएपनि यस बर्ष सो रकम निकासा नहुदाँ शिक्षकहरु पारिश्रमीक पाउनबाट वञ्चि हुनुपरेको बताए।

विगत ५ महिना देखि देश भरिकै अनुदानका शिक्षकहरुले पारिश्रमिक नपाएको , आफुहरुले कोभिडको महामारीमा पनि ज्यान जोखीममा पारेर कर्तब्य पुरा गर्दै आएको भएतापनि सरकारको उदासिनताका कारण तालावन्दि गर्न बाध्य भएको केन्द्रिय सदस्य खरेलले बताए।

आन्दोल स्वरुप ध्यानाकर्षण पत्र र तालाबन्दि गर्दा समेत सरकार मौन रहे थप सघर्षका कार्यक्रम सहित आन्दोलनमा उत्रिने उाको भनाई छ। अनुदान शिक्षकहरुले शिक्षा तथा समन्वय ईकाइ पश्चिम नवलपरासीका प्रमुख डोलराज पाण्डेलाई ज्ञापन पत्र बझाउदै तत्काल पारिश्रमिक उपलब्ध गराउन माग गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्