पार्टीमा देखिएको विवाद सकारात्मक शक्तिमा बदलिन्छः मन्त्री पुन

Barsaman_pun
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले नेकपामा जारी आन्तरिक विवाद सकारात्मक सन्देशसहित अन्त्य हुने बताएका छन्। मन्त्री पुनले जीवन्त पार्टीभित्र अन्तरसंघर्ष र बहस हुनुलाई अस्वाभाविक रूपमा लिन नहुने उल्लेख गरे। नेकपा स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पुनले पार्टीमा जारी बहसबाट नआत्तिन देशभरका नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे।

उनले नेकपा विवादलाई घर्षणको संज्ञा दिँदै त्यसबाट सकारात्मक शक्ति पैदा हुने विश्वास व्यक्त गरे। ‘हाम्रो पार्टीभित्र अहिले घर्षण उत्पन्न भएको छ। घर्षणबाट सकारात्मक र नकारात्मक दुवै शक्ति उत्पन्न हुन्छ,’ काभ्रेमा नेता कार्यकर्तासँगको भेटमा मन्त्री पुनले भने, ‘घर्षणलाई सकारात्मक शक्तिमा बदल्ने हाम्रो प्रयास हुन्छ।’

उनले नेताहरूबीच दूरी बढाउने नभई घटाउने काममा लाग्न र बहसमा जिम्मेवारीपूर्वक भाग लिन पनि कार्यकर्तालाई अपिल गरे। सत्तारुढ पार्टीभित्र विवाद चर्किएका कारण सिङ्गो मुलुकको ध्यान त्यसैमा केन्द्रित भएकाले छिट्टै निकास दिने गरी छलफल हुने स्पष्ट गरे। मन्त्री पुनले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारका काममा रचनात्मक सहयोग गर्न पार्टीपंक्तिलाई आग्रह गरे। यस्तै सरकारले पार्टीसँगको समन्वयमा काम गर्नुपर्ने उनको भनाइ थियो।

काम नगर्ने ठेकेदार, गाली खाने नेता?

फरक प्रसंगमा मन्त्री पुनले निर्माण व्यवसायीप्रति जनतामा व्यापक गुनासो रहेको उल्लेख गरे। उनले आफूले ठेक्का लिएका काम जिम्मेवारीपूर्वक समयमै सक्न निर्माण व्यवसायीलाई आग्रह गरे। राजनीतिक नेतृत्वले विकासका लागि नीति तथा कार्यक्रम तय गर्नुका साथै आवश्यक बजेटको व्यवस्थापन गर्ने भन्दै मन्त्री पुनले विकास निर्माणको काम गर्ने कबुल गरेका निर्माण व्यवसायी गम्भीर नहुँदा जनतामा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि देखिने गरेको चर्चा गरे।

‘प्रधानमन्त्री र मन्त्रीको काम नीति बनाउने, कार्यक्रम बनाउने र बजेट व्यवस्थापन गरिदिने हो। विकास निर्माणको काम ब्युरोक्रेसीमार्फत निर्माण व्यवसायीले गर्ने हो’, उनले भने,‘राजनीतिक नेतृत्वले गर्नुपर्ने काम गरेको छ। ठेकेदारले काम गर्दैन, अनि सडकमा धुलो उड्यो भने गाली चाहिँ प्रधानमन्त्री र मन्त्रीले खानुपर्ने अवस्था छ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत् आपूर्ति गर्नेबारे छलफल भएको हो। शुक्रवार ऊर्जा मन्त्रालयमा आयोजित छलफलमा मन्त्रीद्वय पुन र भट्टराईका साथै पर्यटन सचिव यादवप्रसाद कोइराला, ऊर्जा मन्त्रालयका निमित्त सचिव प्रवीण अर्याल, सहसचिव मधुप्रसाद भेटवाल, विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी सहभागी थिए।

बैठकले दुई मन्त्रालय र प्राधिकरणलाई एक साताभित्र सोलार प्लान्ट स्थापनाबारे विस्तृत खाका तयार पारेर मन्त्रीहरूलाई बुझाउन निर्देशन दिएको छ। एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा निजी क्षेत्रमार्फत भैरहवा विमानस्थलको खाली जमिनमा १० मेगावाट क्षमताको सोलार प्लान्ट सञ्चालन गर्ने योजना छ। एडिबीले सोलार प्लान्टका लागि नेपाललाई दिएको १८ अर्व ५ करोड रुपैयाँमध्ये झापामा ५, बुटवलमा ७, पोखरामा ४ र चनौटामा ८ मेगावाट विद्युत् उत्पादन गर्ने प्रक्रिया यसअघि नै अघि बढेको छ।

जसमध्ये बुटवल र पोखरामा निर्माण हुने प्लान्टका लागि प्राधिकरणले विद्युत् खरिद-बिक्री सम्झौतासमेत गरिसकेको छ। ती योजनामा एडिबीले दिने सबै रकम खर्च नहुने र विमानस्थलका लागि ऊर्जा आवश्यक पर्ने भएकाले १० मेगावाट क्षमताको सोलार प्लान्ट राख्ने योजना बनेको हो। सोलार प्लान्ट निर्माणका लागि आवश्यक जमिन नेपाल नागरिक उड्डयन प्राधिकरणले २५ वर्षका लागि नेपाल विद्युत् प्राधिकरणलाई भाडामा दिनेछ। निजी क्षेत्रलाई सिधै जग्गा दिँदा प्रक्रियागत झन्झट हुने र धेरै समय लाग्ने भएकाले विद्युत् प्राधिकरण र नागरिक उड्डयनबीच जग्गा भाडासम्बन्धी सम्झौता गर्न लागिएको छ। प्राधिकरणले निजी क्षेत्रलाई सोलार प्लान्ट निर्माणको जिम्मा दिने र उत्पादित विद्युत् खरिद गरी विमानस्थलका लागि आपूर्ति गर्ने प्रस्तावमा छ।

बैठकमा ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पुनले नेपाल जलविद्युतमा आत्मनिर्भर हुने चरणमा रहेको भए पनि वैकल्पिक ऊर्जा सन्तुलनका लागि सोलार प्लान्ट पनि जरुरी रहेको उल्लेख गरे। उनले एक साताभित्र उपयुक्त प्रस्ताव ल्याउन निर्देशन दिए। यस्तै पर्यटनमन्त्री भट्टराईले सोलारमार्फत विमानस्थल सञ्चालन गर्न सकिए अन्तर्राष्ट्रिय रूपमै राम्रो सन्देश जाने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्