बलत्कारीलाई कडा सजायको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

butwal patra
लोकपाटी न्यूज
0 Shares

अस्मिना पाण्डे/बुटवल, १२ मंसीर। मेचि महाकाली बुहारी संयुक्त आवाज रुपन्देहीले आज (बिहिबार) ज्ञापन पत्र बुझाएको छ। पछिल्लो समय बढेका बलात्कार र सबै किसिमका हिंसा अन्त्यका लागि र ईलाका प्रशासन कार्यलय बुटवलका प्रमुख प्रकाश चन्द्र अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।

मेचीमहाकाली बुहारी संयुक्त आवाजका केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बा र रुपन्देही शाखा संयोजक लता खड्काद्वारा जारी विज्ञप्तिमा राज्यले बलात्कारीलाइ फाँसी वा आजिवन सर्वस्वसहित कारावासको माग गरिएको छ।

ज्ञापनपत्रमा निर्मला, सुस्मिता, करुणा, सम्झना, सन्जा, गुलाब जस्ता अबोध बालिकाले अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्था किन आयो ? भनि प्रधानमन्त्रीलाई प्रश्न गरिएको छ।
ज्ञापन पत्र बुझाउदै रुपन्देही शाखा संयोजक खड्काले पछिल्लो समय बर्दिवास १४ महोत्तरीकी ६ वर्षकी गुलाब खातुनको बलात्कारपछि हत्या गरिएको विषय होस् वा यो घटना भन्दा अगाडिका घटना हुन्, यस्ता घटनामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनु पर्ने बताइन्। ज्ञापन पत्र बुझ्दै प्रमुख अधिकारीले सम्बन्धित निकायसम्म ज्ञापन पत्र पठाइने प्रतिबद्धता जनाए।

patra

महोत्तरीमा बलात्कारपछि हत्या गरिएकी बालिका गुलाब खातुनका हत्यारालाई कडा कानुनी कारबाहीको माग गर्दै मेचीमहाकाली संयुक्त बुहारी आवाजले देशभरका ३० बढी शाखाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ।

कार्यक्रममा मेचि महाकाली बुहारी संयुक्त आवाज रुपन्देही अध्यक्ष सहसंयोजक धनु श्रेष्ठ, सहकोषाध्यक्ष सरला नेपाल,सहसचीव इन्द्र बि.क.,सदस्य कमला पौडेल,पुष्पा भुसाल, गीता खनाल लगायतको उपस्थिति रहेको थियोे

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्