लोकसेवा : वस्तुगत प्रश्नको उत्तर लेख्ने २५ टिप्स्

  • 12
    Shares
0

अध्ययन गर्ने सबैको आ–आफ्नो तरिका हुन्छ। लोकसेवा तयारी गर्ने लेवलमा आइपुग्नुभएका सबैले एउटा शैक्षिक दक्षता हासिल गरेरै आउनु भएको हुन्छ । त्यसैले पढ्ने तरिका यो मात्रै हो, यसरी नै पढ्नुपर्छ भन्ने केही छैन। तथापि लोकसेवा तयारी गर्दा मैले अनुसरण गरेका विषयहरुलाई यहाँ प्रस्तुत गर्दैछु ।

वस्तुगत प्रश्नहरुको तयारी कसरी गर्ने ?

कुनै एउटा किताबलाई मुख्य आधार मानेर पढ्दा राम्रो हुन्छ। अन्य किताबहरु Reference को रुपमा प्रयोग गर्नु उपयुक्त हुन्छ। पहिलो पटक सरसर्ती हेर्ने । नघोक्ने । नयाँ लागेको, नसम्झेको र महत्वपूर्ण डाटा अथवा विषयलाई हाइलाइट गर्ने। दोस्रो पटक पढ्दा सम्झिन बाँकी विषयलाई नोटमा टिपोट गर्ने। केही डाटाहरु जसलाई Ascending and Descending Order मा सम्झनुपर्ने छ भने शुत्रबद्ध गर्ने। यसले गर्दा सम्झनुपर्ने कुराहरु सम्झन सहज हुन्छ।

नोट बनाउँदा सानो बनाउनुपर्छ । ताकि परीक्षाको समय भन्दा १/२ दिन अघि सरसर्ती हेर्दा पनि पूरै Content Visual गर्ने। कुनै एउटा लेखकको किताबमा मात्र पूर्ण रुपमा भर पर्नु हुँदैन। Online र पत्रपत्रिकाहरु पनि नियमित हेर्नुपर्छ। पत्रपत्रिकामा आएका महत्वपूर्ण डाटालाई टिपोट गर्ने र आफुलाई Doubt लागेका विषयहरु Internet तथा आधिकारिक प्रकाशनहरुबाट Clear हुनुपर्छ।

आफुले पढेका कुराहरु Recall गर्न सहपाठी साथीहरुसँग बसेर छलफल गर्नु उपयुक्त हुन्छ। वस्तुगत प्रश्नहरुको तयारी गर्दा समुहमा छलफल गर्दा प्रभावकारी हुन्छ । साथीहरुको फरक Idea हरु पनि Share हुन्छ। English, IQ, GK जस्ता Content लाई बराबर Value दिनुपर्छ। कुनै एउटामा ज्यादै राम्रो र अरुमा कमजोर हुँदा परीक्षामा धोका हुन सक्छ।

पाठ्यक्रममा आधारित भएर तयारी गर्नुपर्छ। पाठ्यक्रममा समावेश भएका विषयलाई समानुपातिक रुपमा समय दिनुपर्छ। जस्तै प्रायः साथीहरुले भुगोल र इतिहासमा मात्र समय दिने र अरु विषयमा कम समय दिँदा कम Volume भएका तर बढी अंकभार समेट्ने विषयहरुको तयारी कम भएको देखिन्छ।

परीक्षाको समयमा एउटै प्रश्नमा नअल्मलिई जानेका प्रश्नहरु समयमै सक्ने र बाकीँ प्रश्नहरुलाई पछि Re-Visit गर्ने। कुनै प्रश्नहरु छुटे कि भन्ने विषयमा सचेत रहनुपर्छ। तयारी कक्षाहरु लिँदा पनि फाइदा हुन्छ। नमुना परीक्षाहरुमा सहभागी हुँदा परीक्षामा समय व्यवस्थापन गर्न अभ्यस्त भइन्छ।

विषयगत प्रश्नहरुको तयारी कसरी गर्ने ?

विषयवस्तुलाई व्यवस्थित भएर अध्ययन गर्नुपर्छ। विषयवस्तुको बारेमा गहन अध्ययनको जरुरी हुन्छ। अर्थ र परिभाषा Collection गर्ने। आफुलाई Best लागेका एक, दुई वटा नोट गर्ने। सो विषयमा माफ्नौ मौलिक परिभाषा पनि तयार पार्ने। यसले गर्दा परीक्षामा कुनै पनि प्रश्नको पहिलो अनुच्छेदमा के लेख्ने भनेर कहिल्यै अलमलिनु पर्दैन। कुनै पनि विषयवस्तुको परिभाषा र अर्थ राम्रोसँग बुझिएको छ भने बाँकी विषयको बारेमा धेरै जानकारी नहुँदा पनि प्रश्नको हल गर्न सक्ने अवस्थामा पुग्न सकिन्छ।

कुनै विषयको वर्तमान अवस्था, त्यसका सबल र दुर्बल पक्षहरुको विश्लेषण गर्ने। सूची तयार पार्ने। कुनै विषयको महत्व, विशेषता, उदेश्यहरुको विश्लेषण गर्ने। यी विषयहरु देख्दा उस्तै देखिन्छन् तर उत्तर लेख्दा वाक्य गठनमा भने ख्याल गर्नुपर्दछ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यवस्थाहरु, अवसरहरु, समस्याहरु, चुनौतीहरु, समाधानका प्रयासहरु र समाधानका उपायहरुको विश्लेषण गर्ने। यी आधारहरु नै अध्ययनको मुख्य क्षेत्र हो। यस्ता विषयको ज्ञानका लागि संविधान, ऐन, नियमावली, सरकारका नीतिहरु, सरकारका आवधिक योजनाहरु, सरकारका नीति तथा कार्यक्रमहरु, वार्षिक बजेट तथा विभिन्न आधिकारीक बुलेटिनहरु सम्भव भएसम्म पढ्नुपर्छ।

समसामयिक ज्ञानको लागि नियमित रुपमा सम्बन्धित पत्रपत्रिकाहरु पढ्नु राम्रो हुन्छ। पत्रपत्रिका पढ्दा सम्पादकीय अंशका वाक्य गठन, विश्लेषणको ढाँचा र तार्किक पक्ष पनि हेर्न सकिन्छ। तयारी कक्षाहरु लिँदा तयारीमा थप मद्धत पुग्छ। परीक्षामा आधारित भएर प्रश्नका उत्तरहरु लेख्दै पढ्दै गर्नु राम्रो हुन्छ। आफुले लेखेका उत्तर गुरुहरु तथा सिनियरहरुलाई देखाउने र Feedback लिँदा तयारीमा थप निखार आउँछ। यसरी तयारी गर्दा निर्धारित समयमा कति लेख्न सकिन्छ सोही Format मा रहेर तयारी गर्दा राम्रो हुन्छ।

विषयगत प्रश्नहरुको हल कसरी गर्ने ?

विषयवस्तुको परिचय के हो ? परिभाषा कसरी अरुभन्दा फरक र सिर्जनात्मक तरिकाले लेख्न सकिन्छ भन्ने तर्फ सोच्नुपर्छ। उत्तरलाई एउटा Format मा ढाल्नुपर्छ। आफुलाई पर्याप्त ज्ञान नभएको विषयबाट प्रश्न आउँदा पनि Format को आधारमा केहीलेख्न सकियोस्। कुनै प्रश्न हल नै नगरी छोड्नु नपरोस्।

उत्तरको Format लाई परिचय खण्ड, मुख्य खण्ड र निस्कर्ष गरी तीन भागमा बाँड्न सकिन्छ। परिचय खण्ड छोटो, आधिकारिक र मौलिक हुनुपर्छ। जस्तै, सूचनाको हक भनेको के हो भनेर लेख्नुपर्ने भयो भने सर्वप्रथम आफ्नो परिभाषा लेख्ने। दोस्रो संविधानले कसरी परिभाषा गरेको छ लेख्ने। तेस्रो नम्बरमा सूचनाको हक सम्बन्धी ऐनले कसरी उल्लेख गरेको छ लेख्ने। यसरी परिभाषा लेख्दा आफ्नो मौलिकताको साथसाथ आधिकारिकता पनि झल्किन्छ।

मुख्य खण्डमा प्रश्नले के मागेको छ सो विषयमा केन्द्रित हुनुपर्छ। जसलाई “Para-Bullet” Format मा लेख्नु उपयुक्त हुन्छ। लेखाई एउटा Structure मा हुनुपर्छ। जस्तै नेपालमा कुनै मामिला संवोधनको लागि के व्यवस्था छ भनेर प्रश्न सोधियो भने, संविधानमा के छ ?, कानुनी प्रबन्ध कस्तो छ ?, नीतिहरु के कस्ता छन् ? संस्थागत प्रबन्धहरु के कस्तो छ ?, आवधिक योजनामा कसरी समेटिएको छ ?, बार्षिक बजेटले के व्यवस्था गरेको छ ?, कार्यक्रमहरु के–कस्ता छन् ? जस्ता विषयहरु समेट्दा राम्रो हुन्छ।

वाक्यहरु छोटा बनाउनु उपयुक्त हुन्छ। Bullet मा लेख्दा पनि सकेसम्म पूर्ण वाक्य लेख्दा राम्रो मानिन्छ। धेरै शब्दमात्र थुपारेर भद्धा बनाउनुभन्दा सरल वाक्यहरु नै उपयुक्त हुन्छन्।

निष्कर्षमा आफ्नो मौलिक तर्क राख्ने। मुख्य अंशको विषयलाई टेकेर निष्कर्ष लेख्ने तर त्यसको सारांश भने लेख्ने होइन। अक्षर सकेसम्म सफा र बुझिने हुनुपर्छ। धेरै लामो उत्तर लेख्नु पनि पर्दैन। समय छुट्याएर कति अंकभारको प्रश्नलाई कति समयसम्म लेख्ने भनेर Pre-Plan बनाउनुपर्छ। जसले गर्दा कुनै पनि प्रश्न छुट्दैन।

यो पनि पढ्नुहोस् (लाेकसेवा परीक्षा पास गर्ने सुत्र)

काठमाडौं। जुनसुकै परीक्षा किन नहोस्, परीक्षा भन्ने बित्तिकै अधिकांशलाई तनाव हुन्छ। तर, नपढेर भन्दा पनि पढ्न नजानेर अनुत्तीर्ण हुनेहरु धेरै छन्। यसो त धेरैलाई पढ्ने तरीका पनि थाहा छैन। हामीले सामान्य तरीकाले उत्कृष्ट नतिजा ल्याउने केही टिप्स् उल्लेख गरेका छौं।

परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने आफ्नो पढाइको वातावरणलाई राम्रो बनाउन आवश्यक छ। सही समयमा पढ्नु निकै आवश्यक त छ नै, पढ्ने क्रममा अरु धेरै कुराहरुलाई ध्यान दिन समेत जरुरी छ। यी हुन् लोक सेवा पास गर्ने सुत्र।

आफू पढ्न बस्ने कोठा उज्यालो र सफा राख्नुहोस्। तपाईको कोठा सफा र उज्यालो छ भने पढाइमा मन एकाग्र हुन्छ। त्यसले राम्रो नतिजा ल्याउन मद्दत मिल्छ। लगातार नपढ्नुहोस्। कम्तिमा आधा एक घण्टामा फ्रेस हुनुहोस्। जसको लागि तपाई आफूलाई मनपर्ने गीत सुन्न सक्नुहुन्छ। यसबाहेक हल्का हावामा हिँडडुल गर्दा पनि हुन्छ।्

नियमित नुहाउनुहोस्। यसले तपाईंको स्वास्थ्यलाई निकै राम्रो गर्छ र ज्यानलाइ तन्दुरुस्त राख्छ। बीचमा रोकिएर अध्ययन गर्दा पढेको कुरा स्मरण गर्न पनि सजिलो हुन्छ। पानी प्रशस्त पिउनुहोस्। पढ्ने क्रममा तपाईंको शरिरमा भएको धेरै शक्ति नाश हुने हुनाले पनि पानी प्रशस्त पिउनुपर्छ। पानी प्रशस्त पिउनाले मुड फ्रेस राख्नुका साथै अध्ययनप्रति रुचि बढ्छ।

अध्ययन गर्ने कोठामा टेलिभिजन नराख्नुहोस्। तर, ताजा जानकारी तथा समाचारको लागि रेडियो टेलिभिजन हेर्नुहोस्। विशेषगरी लोकसेवाको तयारी गरिरहेकालाई यो टिप्स काम लाग्छ। बेला बेलामा पढेका कुराबारे साथीहरुसँग छलफल गर्नुहोस्। एकोहोरो अध्ययनभन्दा छलफल र अन्तरक्रियाले बढी ज्ञान दिन्छ। छलफलमा अध्ययनको विषयवस्तु, लेखाइको तरीका लगायतका विषयमा व्यवहारिक ज्ञान लिन सकिन्छ।

पिरो खानेकुरा सकभर नखानुस्। किनकि गहिरो अध्ययनका बेलामा शरीरको तापक्रम वृद्धि हुन्छ र झन पिरोले दिमाग छिटो थाक्छ। दिमागलाई स्फूर्ति राख्न सादा खाना र पानीमा जोड गर्नुस्। तिथिमिति सम्झिँदा क्रम मिलाएर सम्झनुहोस्। अथवा उक्त मितिको बारेमा प्रशस्त जानकारी र त्यस जानकारीको बारेमा छलफल गर्नुहोस्। मिति र घटनाक्रम सँगै राखेर पढ्नुहोस्, यसले सम्झन सजिलो हुन्छ।

पढ्नु र सम्झनु अलग कुरा हो। त्यसैले पढेको कुरालाई सम्झन वा ताजा राख्न ‘रिभिजन’ गर्नुहोस्। अध्ययनका साथै नोट बनाउँदा स्मरण गर्न सजिलो हुन्छ। नोट तत्काल अध्ययनका लागि मात्र होइन, भविष्यको तयारीका लागि पनि काम लाग्छ। जे पढ्दै हुनुहुन्छ, त्यसलाई सकाउने उद्देश्यका साथ पढ्नुहोस्। आफूले पढ्नुपर्ने सबै विषयलाई उति नै माया गर्नुहोस्। प्रसङ्ग आउने ठाउँमा आफूले पढेकै विषयमा छलफल गर्ने बानी बसाल्नुहोस्।

Comments
Loading...
You might also like