मेडिकल कलेजमा तोडफोड

nmc
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २६ पुस। जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको अवस्था तनापूर्ण भएको छ। उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि अवस्था तनापूर्ण भएको हो।

सुत्केरीको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरेका हुन्। भोजपुर षडानन्द नगरपालिका ८ की सुनिता राईले २४ गते बिहीबार राति ११ बजे बच्चालाई जन्म दिएकी थिइन्।

बच्चा जन्मन समस्या भएपछि भ्याकुम लगाएर बच्चालाई जन्म दिइएको थियो। तर चिकित्सकहरुले लापरवाही गर्दा सुत्केरीको मृत्यु भएको सुनिताका परिवारजनको आरोप छ। बच्चा जन्माउने क्रममा लगाइएको भ्याकुमलाई सही रुपमा प्रयोग नगरिएको र भ्याकुमले सुत्केरीको पाठेघरसमेत तानेर चुँडाइदिएको आरोप मृतकका आफन्तले लगाएका छन्।

बच्चाको अवस्था भने सामान्य रहेको छ। आफन्तले घटनाको छानबिन गरी दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् भने अस्पतालमा समेत उनीहरुले तोडफोड गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्