अफगानस्तानका विकेट किपर ब्याट्सम्यानमाथि ६ वर्षको प्रतिबन्ध

  • 10
    Shares
0

एजेन्सी। अफगानिस्तान क्रिकेट टीमका विकेट किपर ब्याट्सम्यान शफिउल्लाह शफिकमाथि ६ वर्षको प्रतिबन्ध लगाइएको छ। एन्टी करप्सन रुल्सको उल्लंघन गरेको भन्दै उनलाई अफगानिस्तान क्रिकेट बोर्डले ६ वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

घरेलु लिगमा राष्ट्रिय टोलीका खेलाडीले गरेको गल्ती क्षम्य नभएको बोर्डको निस्कर्ष छ। ३० वर्षिय शफिक २४ एकदिवसिय क्रिकेट खेल र ४९ टि–२० खेलेका थिए। बोर्डका एन्टी करप्सन म्यानेजरले शफिकको कारबाही अन्य खेलाडीका लागि सजग हुने अवसरका रुपमा औल्याएका छन्।

शफिकले सन् २०१८ को अफगानिस्तान प्रिमियर लिगमा ननगरहर लियोपार्डबाट र सन् २०१९ मा बंगलादेह प्रिमियर लिगमा सिलेट थन्डरबाट खेल्दा एन्टी करप्सन रुल्स उल्लघन गरेको प्रमाणित भएपछि ६ वर्षसम्म सबै फर्म्याटका क्रिकेटमा प्रतिबन्ध लगाएको हो।

Comments
Loading...
You might also like