शनिबारको राशिफल : यस्तो छ तपाईंको २४ घण्टा

rasifal
  • 42
    Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विद्या र बुद्धिको विकास हुनेछ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। विशिष्ठ व्यक्तिको साथ र सहयोग पाईनेछ। नयाँ काम सुरुपनि गर्ने समय आएको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । प्रेमप्रसङ्गमा नरमाइलोपन आउनसक्छ । विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको र ताकेको कार्य पुरा होला। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेममा मधुरता छाउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज एक्लैले विभिन्न जिम्मेवारी पूरा गर्नुपर्नेछ। आलस्य उत्पन्न भै दैनिक कार्य ओझेलमा पर्न सक्छ । गरेका काममा ढिलासुस्तीपनि हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज व्यापार व्यावसाय र वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ। आफन्त र साथीभाइबाट सहयोग प्राप्त हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ व्यक्ति संग भेटघाट हुनेछ। मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ। व्यापारमा मनग्ये धनलाभ हुनेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज रोकिएका काम पुनः सुरु हुन सक्छन्। आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ। एकपछि अर्को अवसर आउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) उन्नति एवं प्रगतिको वातावरण बन्नेछ। घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। चोटपटकको भयछ, सचेत रहनुहोला।

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्