चितवनमा बाढीले बगाएर तमाङको मृत्यु

madi
लोकपाटी न्यूज
0 Shares

चितवन, २७ असार। माडीमा बाढीले बगाउँदा शनिबार  बिहान एक जनाको मृत्युु भएको छ। ३० वर्षीय माडी नगरपालिका ८ का पूर्वसिंह तमाङ (सुरज) को मृत्यु भएको हो।

उनको शव माडी नगरपालिका ६ सिमरा र कल्याणपुरको बीचमा रिउ खोला नजिक भेटिएको हो। रिमाल खोला तर्ने क्रममा उनलाई बगाएको अनुमान गरिएको प्रहरीले जनाएको छ।

यस्तै भरतपुर महानगरपालिका-२७ दिव्यनगरमा नारायणी नदीले पाँच मिटर ड्याम भत्काएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पानीको बहाब बढ्न थालेसँगै शुक्रबार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले लगाएको ड्याम नदीले बगाएको हो।

अब सात मिटर ड्याममध्ये दुई मिटरमात्र बाँकी रहेको प्रहरीले जनाएको छ। यता वर्षाका कारण भरतपुर महानगरपालिका-११ भोजाडमा रुखले घर थिचेको छ। जसका कारण घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। त्यसैगरी यज्ञपुरीमा पनि रुख ढलेर घरमाथि परेको र पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्