समाज

म्याग्दी पहिरोमा बेपत्ता ३४ मध्ये १२ को शव भेटियो, अझै २२ बेपत्ता

pahiro-myagdi- pic
  • 68
    Shares

म्याग्दी, २७ असार। म्याग्दीमा शुक्रबारको बाढी–पहिरोमा परी बेपत्ता भएका ३४ जनामध्ये आज (शनिबार) बिहानसम्म १२ जनाको शव भेटिएको छ। २२ जना भने अझै हराइरहेका छन्।

मृतकहरुको पहिचान भने खुल्न बाँकी रहेको म्याग्दीका प्रहरी प्रमुख डिएसपी किरण कुँवरले जानकारी दिएका छन्।शुक्रबार पहिरोमा परि म्याग्दीको धौलागिरी गाउँपालिका ६ मराङमा २१ जना, मालिका गाउँपालिका ७ बिममा ८ जना र मालिका ६ मा दुखुमा एक जना बेपत्ता भएका थिए।

धौलागिरी गाउँपालिका ६ का अध्यक्ष राजाराम सुवेदीका अनुसार मराङमा १० जना र रघुगंगा गाउँपालिकाको ठाडाखानीमा २ जना गरी १२ जनाको शव फेला परेको हो। बेपत्तामध्ये तीन जनाको शव हिजै फेला परेको थियो। आज थप नौ जनाको शव फेला परेको हो।

लेखकको बारेमा

लाेकपाटी न्यूज