समाज

मिठु टन्डनले गरिन् ईनरव्हिल क्लब अफ मिड्टाउनको पदभार ग्रहण

pic 1
  • 131
    Shares

अस्मिना पाण्डे/ असार, २७ बुटवल। ईनरव्हिल क्लब अफ मिड्टाउन बुटवलको ११ औं पदहस्तान्तरण कार्यक्रम शुक्रबार बुटवलमा सम्पन्न भएको छ। वर्ष २०१९/२० का अध्यक्ष लक्ष्मी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वर्ष २०२०/२०२१ का लागि नवनिर्वाचित अध्यक्ष मिठु टण्डनको नेतृत्वले पदभार ग्रहण गरेको हो।

क्षेत्रीले इनर्व्हिहल सर्टीफिकेट, माला, लगायत अध्यक्ष संचालन सामग्री नव निर्वाचीत अध्यक्ष ट्ण्डन भण्डारीलाइ हस्तान्तरण गरेकी थिइन्। सोहि अवसरमा नव निर्वाचित अध्यक्ष टन्डनले आफ्नो वार्षिक कार्ययोजना प्रस्तुत गरिन्।
टण्डनले महिलाहरुको क्षेत्रमा विभिन्न तालिम,कोभिड १९ ले पारेको प्रभावलाई मध्यनजर गर्दै स्वास्थ्य सचेतना लगाएतका कार्यक्रम संगै केही पुराना कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रम ईनरव्हिलका डिष्टिक ३५० का निर्वतमान डिस्ट्रीक चेयरमेन समिरा ध्वजुको प्रमूख आतिथ्यतामा भएको थियो। सो अवसरमा क्लवका सम्पूर्ण सदस्यहरुको परिचय सहितको वर्ष २०२०/२०२१ को डाइरेक्टरी विमोचन गरिएको थियो।

3

सो अबसरमा चार्टर प्रेसीडेन्ट आशा श्रेष्ठ, सल्लाहकार भारती जोशी,कार्यक्रम संयोजक तथा सल्लाहकार राधा भट्टराई, गैरसरकारी सस्था महासङ्घका रुपन्देही अध्यक्ष रिमा बिसी , सीता खनाल लगायतले क्लबले नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गरेका थिए।

क्लवले आफ्ना गतिविधि प्रचार प्रसारमा योगदान पुर्‍याएको भन्दै लोक पाटी सम्वाददाता तथा रेडियो मुक्तिका समाचार प्रमूख अस्मिना पाण्डे,दैनिक पत्र सम्बाददाता पूजा पन्थी र नागरिक आवाज डट कम का सम्बाददाता कल्पना डुम्रेलाई सम्मान गरेको थियो। इनरव्हिल क्लबमा देशभर महिलामात्र आबद्ध छन्।

pic 3

 

 

लेखकको बारेमा

लाेकपाटी न्यूज