स्वास्थ्य

आइसोलेसनमा १४ दिन बसेर लक्षण नदेखिएका डिस्चार्ज हुँदै

Photo 1
  • 93
    Shares

रमेश भुसाल/ पश्चिम नवलपरासी, २७ असार। पश्चिम नवलपरासीमा कोरोना संक्रमण पुष्टि भई आइसोलेसनमा १४ दिन पूरा बसेका तथा लक्षण नदेखिएकाहरु डिस्र्चाज हुने भएका छन्।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जेठ २० गते नै नेशनल टेष्टिङ गाइडलाईन २०७७ लागू गरी देशभरका आइसोलेसन सेन्टर र अस्पतालबाट १४ दिन पूरा भएका तर लक्षण नदेखिएकाहरुलाई डिस्चार्ज गर्ने भनिएता पनि विभिन्न जिल्लाहरुमा कार्यान्वय नगरेको भन्दै गृह मन्त्रालयले प्रमूख जिल्ला अधिकारीहरुमार्फत् नेशनल टेष्टिङ गाइडलाईन २०७७ लागू गराउन निर्देशन दिएको पश्चिम नवलपरासीका प्रमूख जिल्ला अधिकारी सागरमणी पाठकले बताए।

जिल्लामा सवैभन्द बढि ४४ जना कोरोना संक्रमित रहेको सुनवल नगरपालीकाको स्थानीय विपद व्यावस्थापनको बैठकमा बोल्दै प्रमूख जिल्ला अधिकारी पाठकले सुनवल नगरपालिकाले कोरोना संक्रमितहरुलाई पूर्ण रुपमा ठिक बनाएर पठाउने सोच राम्रो रहेको भएतापनि एउटा स्थानीय निकायको मात्रै प्रयासले कोरोनाको संक्रमण नियन्त्रण नहुने भएकाले नेपाल सरकारको गाइड लाईन नै फ्लो पछ्याउनु पर्ने भन्दै गृह मन्त्रालयको परिपत्रनै पढेर सुनाएका थिए।

गृह मन्त्रालयको परिपत्र अनुसार प्रमूख जिल्ला अधिकारीको निर्देशन पश्चात सुनवल नगरपालिकाका नगर प्रमूख तथा स्थानीय विपद व्यवस्थापन समितिका संयोजक भिम वहादुर थापाले आइसोलेसनमा १४ दिन पूरा गरेका र कोरोनाको लक्षण नदेखिएकाहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरिने बताए।

बैठकमा सुनवल नगरपालिकाका स्वास्थय शाखा प्रमूख कृष्ण न्यौपानेले कोरोनासँग समवन्धीत समस्याहरु पेश गरेका थिए भने प्रमूख प्रशाशकिय अधिकृत रामलाल श्रेष्ठले कोरोना रोकथाम तथा नियन्त्रणमा भएको खर्च विवरण प्रस्तुत गरेका थिए। बैठकमा जिल्ला तहका नेताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला अध्यक्ष भविश्वर तिवारी, नेपाली काङग्रेसका कर्याबाहक सभापति अर्जुनकुमार पोखरेल लगाएतले धारणा राखेका थिए।

लेखकको बारेमा

लाेकपाटी न्यूज