राजनीतिक दल

प्रचण्डद्वारा नारायणी नदीले कटान गरेको क्षेत्रको निरीक्षण

pic
  • 1.2K
    Shares

काठमाडौं, २७ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले नारायणी नदीले कटान गरेको मेघौली क्षेत्रको निरीक्षण गरेका छन्।

शनिबार दिउँसो बाढी–पहिरो र कटानका बारेमा जानकारी लिन गृहजिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्ड भरतपुर महानगरपालिका २७ मा नारायणी गरेको कटानको निरीक्षण गरेका हुन्।

कटान क्षत्रेको निरीक्षणपछि स्थानीयसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कटान भएको क्षेत्रमा तत्काल तटबन्द गराउने बताएका थिए। उनले देशभर बाढी–पहिरो र कटानले ठूलो क्षति पुर्‍याएको भन्दै सतर्क रहन आग्रह समेत गरे।

प्रचण्डले आगामी आर्थिक वर्षबाट दिर्घकालिन योजनाका साथ तटबन्धनका काम हुने प्रतिबद्धता जनाए। उनले चितवन जानुअघि प्रधानमन्त्री केपी ओलीसँग बाढी र पहिरोले क्षति पुर्याएका ठाउँमा राहत र उद्दार कसरी गर्ने भन्ने विषयमा छलफल भएको र काठमाडौं फर्किएपछि फेरि छलफल हुने बताए।

pic

लेखकको बारेमा

लाेकपाटी न्यूज