रअ के हो, यसले राजनीतिलाई कसरी प्रभावित गर्दछ ?

Nirmal Ghimire
लोकपाटी न्यूज

निर्मल घिमिरे

हरेक राष्ट्रहरुमा अत्यावश्यक सूचना सङ्कलन र जासुसी कार्यका लागी केही न केही नाममा खुफिया एजेन्सी रहेका हुन्छन्। जुन कही-कही त्यो देशका प्रहरी वा सेनाभित्र नै कुनै डिपार्ट्मेण्ट को रुपमा रहेका हुन्छन भने कुनै रास्ट्रहरुमा चाही अलज्ञै निकायको रुपमा रहेका हुन्छन्। हालै नेपालका प्राधानमन्त्रीले भारतीय प्राधानमन्त्री मोदीको विशेष दुतको रुपमा आएका भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुखसँग भेटबार्ता गरेको खबरले हाम्रा नेपाली मिडिया भरिभराउ भइरहेको छ। यसअघिका धेरै प्र.म.हरुले पनि रअ’का तत्कालिन प्रमुखहरुलाई भेटवार्ता गरेका कुरा कहिले प्रकाशमा त अहिले गुपचुप रुपमा नभएका पक्कै होइनन्। चाहे त्यो गिरिजाप्रसादको कार्यकालमा होस्, या प्रचण्ड, माधव नेपाल, बाबुराम, कोही पनि चोखो भने छैनन्। तर यहाँनेर अड्किएको एक यक्ष प्रश्न : के बिदेशका कुनै पनि गुप्तचार प्रमुख सँग भेटवार्ता गर्नु नै अपराध हो र ? निश्चित रुपमा यो चाहिँ सत्य नै हो कि , त्यस भेटघाटभित्र भएका काम कुराले मुलुकका लागि अहित हुनु भएन। मलाई लाग्छ , भेट मात्रले कुनै असर पर्दैन। तर त्यसैले पार्ने निहित प्रभावले भने धेरै ठूलो असार पर्नेमा सबै जना सचेत हुनु नै पर्छ। कसैले भन्दैछन् प्र. म. जस्तो मान्छेले प्रोटोकल बिपरित त्यस्तो भेटवार्ता गरे भन्ने टिप्पणी गरिरहेका छन् भने कतिपयले सत्तारुढ दल नेकपाभित्रको विवाद चरमोत्कर्षमा पुगेको बेला सत्ता डगमगाउन लागेको बेलामा भएको यस्तो भेटले अत्यन्तै अर्थपूर्ण रहेको गाइगुइ सर्वत्र सुनिँदै आइएको छ।

सबैजसोका मुखमा जाने पनि नजाने पनि ‘रअ’ कै कुरा सुनिदै आइएको बर्तमान अवस्थामा कसैले जानेर बोलेका छन, हाम्रो चिया पसलदेखि खेत खलियान्, चोक चौतारोदेखि यत्रतत्र सर्वत्र सबैका मुखमा ‘रअ’ कि ‘रअ’को रटान सुनिँदै आइएको छ। कतिपयले केही बुझेर बोलेकै छन् भने कतिपयले सतही ज्ञानकै भरमा ‘स्यालको हुइयाँ’ जसरी दगुर्दै गफ छाँटिरहेको बेलामा यस गरमा-गरम विषयमा मैले आज आफूलाई जानकारीमा आएका र आफूले बुझेसम्मको कुराहरु यस आलेखमार्फत् उजागर गर्न जाँदैछु:-

के हो ‘रअ’ ?

रिसर्च एण्ड एनालाईसिस विङ (RAW) को स्थापना पूर्व भारतमा बैदेशिक गोप्य सूचना सङ्कलन गर्ने काम अन्वेषण ब्युरो (आइबि) ले गर्दथे। जतिबेला द्वितीय विश्वयुद्ध जारी थियो। सोबखत छिमेकी मुलुक र अन्य शक्ति राष्ट्रहरुको सूचना लिनु महत्वपूर्ण लागेकोले सो कार्यमा आइ.बि.लाई बडो जोडतोडका साथ खटाइएको हुन्थ्यो। तर सन् १९६२ मा भएको ‘भारत- चीन युद्ध चिनिया सेनामा भएको आधुनिकता अनि सूचना पहुचमा अब्बल भएको कारण भारत जब परास्त हुन पुग्याे, तब तत्कालिन प्र. म. जवाहरलाल नेहरुले यो कमजोरी महसुस गरी एक खुफिया सम्यन्त्र नभएसम्म सूचना सङ्कलन गर्न गाह्राे पर्ने हुँदा उनले स्थल सेना सचिव जयन्तनाथ चौधरीलाई त्यस्तै सम्यन्त्र बनाउन आदेश दिए। त्यसको केही समयपश्चात् १९६८ मा नेहरु पुत्री प्र.म. इन्दिरा गान्धीको कार्यकालमा २१०९ जती कर्मचारी/एजेण्ट नियुक्ति गरेर सो अन्तरअश्तृय गुप्तचर सन्स्थाको गठन गरियो र त्यसको प्रमुख आर.एन. कावलाई बनाइयो ।

रअकाे उद्देश्य

१ . बिदेशी सरकार र सेनाको गतिविधिहरुलाई ध्यानमा राख्न जसले भारतलाई खतरा हुन सक्छ त्यस्ता निकायहरुमा जासुसी गर्न।

२. चीन र पाकिस्तानसँगको रिलेशनमा दरार सृजना भएकोले उनीहरुको गोप्य सूचना सङ्कलन गर्न।

३. पाकिस्तानलाई बिभिन्न युरोपेली मुलुक अनि अमेरिका लगाoतबाट भित्री रुपमा हुँदै आएको सैन्य सहयोगलाई नियन्त्रण गर्न।

“रअ” बारे समाचार नआएका तर रोचक जानकारीहरु :-

  • Research and Analysis Wing (RAW) कुनै बिभाग वा निकाय होइन। यो प्र.म.को अधिनमा रहेको एक विङ हो।
  • ‘रअ’ को गठन प्रकृया जसरी अमेरिकामा सि.आइ.ए. गठन भएको छ, ठिक सोही अनुसार भएको हुन्छ।
  • ‘रअ’ को प्रमुखलाई सचिव भनिन्छ। यो खास सानो समितिले डिजाइन भएको एक सानो टिम हो।
  • यसले आफ्नो प्रतिवेदन वा गोप्य सूचना सिधै प्र. म.लाई बुझाउँछ यानिकी बिचमा लामो स्टेप हुँदै सूचना सम्प्रेषण हुँदा चुहावट नहोस्। यो केवल प्र. म.प्रति मात्र अधिनस्थ निकाय हो।
  • यसले छनौट भएका आफ्ना अफिसियलहरुलाई इजरायल्, बेलायत र केही मात्रामा अमेरिकामा लगेर गोप्य रुपमा जासुसीको तालिम दिने गरेको छ।
  • ‘रअ’ मा १९९० अगाडिसम्म सेना प्रहरीभित्रका कम्ब्याट्धारीहरु मात्र सदस्यहरु हुन्थे भने ९० को दशकपश्चात् गैरसुरक्षा क्षेत्रबाट पनियसमा अफिसियल नियुक्त गर्ने गरेको छ।
  • ‘रअ’ले गठन सुरुवाती ताकामा नै आफ्नो प्रभाव यसरी देखाउन थाल्यो कि, ज्यानी दुस्मन ठानिएको पाकिस्तानलाई टुक्र्याएर सन् १९७१ मा पूर्वी पाकिस्तानमा बस्ने अल्पसङ्ख्यक आदिवासी मुस्लिम समुदायलाई उचालेर बङ्गलादेशको जन्म गर्नका लागि गोप्य भूमिका निर्वाह गरेको थियो।
  • सिक्किमलाई भारतमा बिलय गराउन प्र.म. इन्दिरा गान्धीको स्पेसल मिशन प्रमुख भएर ‘रअ’ले मुख्य भूमिका खेलेको थियो। जहाँ निकै सावधानीपूर्वक अनि योजनाबद्द रुपमा तत्कालिन सिक्किम देशका लोकप्रिय नेता लेण्डुप दोर्जेलाई ‘मोहोरा’ बनाइएको थियो भने निहित स्वार्थ सिद्दपश्चात् लेण्डुप दोर्जेलाई ‘दुधमा परेको माखो’झै निकालेर मिल्क्याइएको थियो।
  • अफगानिस्तानमा रहेका अल्पसङ्ख्यक पुस्तुन समुदायका आदिवासीहरुलाई मोहोरा बनाई पाकिस्तानविरुद्ध गतिविधिमा सङ्लग्न गराई अस्थिरता मच्च्याउने काममा गोप्य रुपमा लागिपरेको कुरा अल जजिराले उल्लेख गरेको छ।
  • देउवा प्र. म. भएको बेला चमेलिया र पश्चिम सेती आयोजना भारतीय कम्पनीलाई नदिई एक अमेरिकी कम्पनीलाई सुम्पने निर्णय गरेको कारणले ‘रअ’ कै डिजाइनमा तत्कालिन प्रतिनिधि सभामा काङ्ग्रेसकै ४ जना सदस्य अनुपस्थित गराएर शेर बहादुर देउवाको सरकार बिघटनमा मूख्य भूमिका निर्वाह गरेको थियो।
  • नेपालका मधेशवादी दल र मुख्य ३ राजनैतिक दलका केही नेताहरु भित्रै ‘रअ’लाई सूचना पुर्याउने काममा सङ्लग्न रहेको कुरा चिनिया समाचार संस्था सिन्ह्वाले नामसहित नै उल्लेख गरेको छ।
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्