पार्टी केन्द्रको विवादको असर तल्लो तहसम्म देखियोः शंकर पोखरेल

Shankar-Pokhrel
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य शंकर पोखरेलले केन्द्रमा नेतृत्वबीचको विवादको असर पार्टीको तल्लो कमिटीमा पुगेको बताएका छन्।

नेकपाभित्र विवाद गहिरिदैँ जाँदा चितवनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको कार्यक्रममा कार्यकर्ताले हो-हल्ला गरेपछि नेता पोखरेलले समाजिक सञ्जालमार्फत उक्त टिप्पणी गरेका हुन्। उनले नेकपाभित्रको विवाद कार्यकर्तामा देखिएकोप्रति आक्रोशित हुँदै नेतृत्वले विवेक गुमाएका कारण यस्तो भएको आरोप लगाए।

उनले लेखेका छन्, ‘जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउँछ तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुइल्याउने र कमजोर बनाउने उपक्रम सुरू हुन्छ।’ नेकपा नेता सुरेन्द्र पाण्डेविरुद्ध चितवनमा केपी ओलीपक्षले नारावाजी भएपछि विवाद सतहमा आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्