अमेरिकामा अबको १५ दिनमा कोरोना खोप लगाउने तयारी

Corona_Khop
  • 303
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। अबको १५ दिनमा अमेरिकामा नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने सम्भावना देखिएको छ।

त्यहाँको कोरोना खोपसम्बन्धी कार्यक्रम प्रमुखका अनुसार आउने डिसेम्बर ११ भित्र सर्वसाधारण नागरिकले खोप पाउने सम्भावना रहेको बताइएको छ।

डाक्टर मोनसेफ सेलोईले अमेरिकी सञ्चारमाध्यम सीएनएनसँग कुरा गर्दै भनेका छन्, ‘स्वीकृति प्राप्त भएको २४ घण्टाभित्रै हामी खोप खोपकेन्द्रहरूपमा पुर्याउने योजना छ।’

उक्त खोपको अन्तिम परीक्षणको नतिजाले खोप ६५ वर्षभन्दा माथि उमेरका मानिसलाई समेत ९४ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ।

अमेरिकाको औषधि कम्पनी फाइजर र उसको सहयोगी बायोनटेकले संयुक्त रूपमा विकास गरेको कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोगका लागि अनुमति माग्दै शुक्रबार नियामक निकाय खाद्य एवं औषधि प्रशासन (एफडीए) मा निवेदन दिएका छन्।

यस विषयमा निर्णय गर्न एफडीएको बैठक डिसेम्बर १० मा बस्ने बताइएको छ। डाक्टर सेलोईले सीएनएनसँग एफडीएले अनुमोदन गरेको भोलिपल्टै अर्थात् डिसेम्बर ११ वा १२ तारिखदेखि सर्वसाधारण नागरिकलाई खोप लगाउन थालिने बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्