काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज इलाम र ताप्लेजुङको भ्रमणमा जाँदै छन्।
हेलिकप्टरमार्फत् ताप्लेजुङ जान लागेका उनले त्यहाँ चीनसँग सीमा जोडिएको ओलाङचुङगोलाको निरिक्षण गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै इलाममा पनि प्रधानमन्त्री ओली स्थानीय कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ।