बाजुरामा पहिलो पटक राष्ट्रिय प्रसारणबाट समुदायमा बिजुली बल्यो

pic
लाेकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा, ८ मंसिर। विद्युत प्राधिकरणले बाजुरामा पहिलो पटक समुदायमा राष्ट्रिय प्रसारण लाइन जोडेर बिजुली बालेको छ।

बुढिगंगा नगरपालिका वडा न.३ मा ५१ घरमा बत्ति जोडेर समुदाय स्तरमा राष्ट्रिय प्रसारण लाइनबाट बत्ति बालेको नेपाल बिद्युत्त प्राधिकरण बाजुरा बितरण केन्द्रका प्रमुख महेश चन्द्र भट्टले बताए।

बुढिगंगाको सेरामा ५० के भि ए को ट्रान्समिटर जोडेर बुढिगंगा वडा नम्बर ३ मा लाइन बिस्तार गरिएको हो। पहिलो पटक बिजुलि बाल्न पाँउदा स्थानिय निकै खुशी भएका छन्। बुढिगंगा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष खडक अधिकारीले बताए।

विद्युतका लागि अन्य धेरै ठाउँमा प्रयास गरेका भएपनि अहिले राष्ट्रिय प्रसारण लाइन आएपछि बिजुली बाल्न पाएको उनको भनाइ रहेको छ। नेपाल विद्युत प्राधिकरण बाजुरा बितरण केन्द्रका अनुसार चाडै बुढिगंगा नगरपालिका १, २ र ३ न.वडामा पुरै बत्ति बालि सक्ने जनाएको छ।

बुढिगंगा नगरपालिकामा १ हजार घर धुरीमा राष्ट्रिय प्रसारण लाइनको बत्ति बाल्ने योजना रहेको कार्यालयले बताएको छ। राष्ट्रिय प्रसारण लाइन समुदायमा जोडिएपछि प्रतिनिधि सभाका सासंद लाल बहादुर थापाद्धारा बत्तिको उद्घाटन गरिएको छ।

सांसद थापाले बाजुराका ९ वटै स्थानीय तहमा चाडो भन्दा चाडो राष्ट्रिय प्रसारण लाइन जोडन पहल गर्ने बताए। प्राधिकरणले गत वर्ष नै सदरमुकाम मार्तडी नजिकै बिजुली पुर्याइसकेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्