दोलखा जिल्ला : एक संक्षिप्त परिचय

DolakhaDistrict pic
लाेकपाटी न्यूज

दोलखा जिल्ला प्रदेश नम्बर तीन अन्तर्गत पर्ने एक हिमाल र पहाडी भू–भागमा रहेको जिल्ला हो। कूल २१९१ वर्ग कि.मी. क्षेत्रफल भएको यस जिल्लाको पूर्वमा सोलुखुम्बु र रामेछाप जिल्ला, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा रामेछाप जिल्ला पर्दछ। नेपालको राजधानी काठमाडौँबाट १३३ कि. मी. पूर्वमा पर्ने यो जिल्लाको सदरमुकाम चरिकोट हो।

जिल्लाको भौगोलिक परिचय

समुद्र सतहदेखि ७६२ मी. (सितली) उचाइदेखि ७१३४ (गौरीशंकर) सम्मको उचाइमा रहेको यस जिल्लाको गौरीशंकर हिमाललाई आधार मानी नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ। २००७ साल पूर्व र त्यसपछि २०१८ सालसम्म पनि पूर्व २ नं. गोश्वराको प्रशासनिक इकाइको रूपमा रहेको दोलखालाई २०१८ सालदेखि मात्र अलग जिल्लाको रूपमा अस्तित्वमा आए पनि २०२४ सालदेखि मात्र अदालत, मालपोत, प्रहरी, हुलाक, स्वास्थ्य जस्ता जिल्ला स्तरीय कार्यालयहरू स्थापना हुन थालेका हुन्।  ऐतिहासिक स्थल दोलखाको नामबाट नामाकरण गरिएको यस जिल्लाका केही स्थानहरूमा किरात वा लिच्छवीकालदेखि नै वस्ती बसेको अनुमान छ।

दोलखा जिल्लाको उत्पति पश्चात भएका जनगणनाहरुलाई हेर्दा वि.सं. २०२८ सालमा यस जिल्लाको कूल जनसंख्या १३०,०२२ जना थियो भने वि.स. २०३८ सालमा १५०,५७६ जना पुगेको, वि.स. २०४८ मा १७३,२३६ जना पुगेको, वि.स. २०५८ सालमा २०४,७४४ जना पुगेको र वि.स. २०६८ आइपुग्दा १८७,५५६ जना पुगेको देखिन्छ। वि.सं. २०६८ को जनगणना अनुसार दोलखा जिल्लाको जनसंख्याको चरित्र संक्षेपमा यसप्रकार रहेको देखिन्छ। दोलखा जिल्लाको उत्पति पश्चात भएका जनगणनाहरुलाई हेर्दा वि.सं. २०२८ सालमा यस जिल्लाको कूल जनसंख्या १३०,०२२ जना थियो भने वि.स. २०३८ सालमा १५०,५७६ जना पुगेको, वि.स. २०४८ मा १७३,२३६ जना पुगेको, वि.स. २०५८ सालमा २०४,७४४ जना पुगेको र वि.स. २०६८ आइपुग्दा १८७,५५६ जना पुगेको देखिन्छ। वि.सं. २०६८ को जनगणना अनुसार दोलखा जिल्लाको जनसंख्याको चरित्र संक्षेपमा यसप्रकार रहेको देखिन्छ।

 

दोलखा जिल्लाको इतिहास

दोलखा करिव ५०० वर्ष स्वतन्त्र राज्यको रूपमा रहेको पाइन्छ। लिच्छवी शासन अन्तर्गत आउनु अघि दोलखा किरांत राज्यको खुम्बुआन क्षेत्र अन्तर्गत पर्दथ्यो। खुम्बुआन सुनकोशी भेगदेखि दुधकोशी भेगसम्मको क्षेत्र थियो र यसलाई माझकिरात वा राईकिराँत समेत भन्ने गरिन्थ्यो। किराँत अन्तर्गतको प्राचीन दोलखा हालको किराँतीछाप इलाका थियो।

दोलखाको ऐतिहासिक पृष्ठभूमि बारे प्रसिद्ध इतिहासकार बाबुराम आचार्यले उल्लेख गर्नु भएको छ “दोलखानिर ’किराँती छाप“ भन्ने ठाउँका खण्डहरूमा पछिल्ला लिच्छविकालका कुटिल लिपिको शिलालेख छ। यस कारण साँतौ शताब्दिमा तिब्बतबाट हिमालय छिचोली कुतीमा झर्ने बाटो खुलेपिछ तामाकोशीका किनारबाट सिन्धुली उत्रेर उत्तर भारतका मैदानमा झर्ने वाणिज्य मार्ग खुल्दा काठमाडौँ उपत्यकाका मानिसहरू गएर दोलखामा उपनिवेश स्थापना गरेका र किरातछापमा रहेको पुरानो दोलखाको वस्ती सन् चौधौँ शताब्दिमा समसुद्दिनको आक्रमणबाट ध्वस्त भई अचेलको दोलखा बसेपिछ भीमेश्वरको स्थापना भएको अनुमान हुन्छ। “दोलखाको इतिहास नगासिए काठमाडौँ उपत्यकाको मल्लकालको इतिहास अंगहीन हुन्छ।“

काठमाडौंमा यक्ष मल्ल राजा भएताका दोलखामा कीर्तिसिंह सामन्ती शासकका रूपमा थिए। वि.सं. १५३१ सम्म शासन गरी कीर्तिसिहको निधन भएपछि उनका छोरा उद्धवदेव १४ वर्षको उमेरमा दोलखाका राजा भए। त्यसबेला उद्धवदेवले आफ्नो नामको अगाडि “दोलखाधिपति“ लेख्ने गरेका थिए जसबाट दोलखा एउटा स्वतन्त्र राज्यको रूपमा रहेको थियो भन्ने कुराको पुष्टि हुन्छ।

वि.सं.१५६८ को अभिलेखमा उल्लेख भएअनुसार उद्धवदेव पछि नन्ददेव दोलखाका राजा भएका थिए भने त्यसपछि उध्दवदेव राजा भएको कुरा वि.सं. १५७७ को अभिलेखमा पाउन सकिन्छ। उध्दवदेवले दोलखाको राजनीतिक एवं सांस्कृतिक अवस्था मजबुत तुल्याएका थिए। त्यसपछि दोलखामा गोविन्द सिंहले शासन गरे र १५९१मा उनको पनि मृत्यु भयो। इन्द्रिसंह दोलखाका राजा भएपछि काठमाडौं उपत्यकाका राजाहरूसँग राम्रो मैत्री सम्बन्ध स्थापना भयो। दोलखामा सवैभन्दा पहिला चाँदीको मोहरमा आफ्नो नामको टक छापी प्रचलनमा ल्याउने राजा इन्द्रिसंह नै हुन्। उनले आफूलाई “राजाधिराज“ समेत घोषणा गरेका थिए। यिनैको शासनकालमा दोलखा राज्यको नाम राखिएको थियो। वि.सं. १६०५को माघ महिनामा उनको पनि मृत्यु भयो। तत्पश्चात नारायणिसंह दोलखाको राजगद्दीमा विराजमान भए। नारायणिसंह राजा भएता पनि त्यसबेला जयनारायणले शासन चलाएका थिए। त्यसपिछ वि.सं. १६४२ मा भीष्मदेव दोलखाका राजा भए। दोलखा तथा उपत्यकाका राजाहरू बीचमा राम्रो सम्बन्ध भएतापनि त्यसवखतका कान्तिपुरका राजा शिविसंहले वि.सं. १६५५ मा ललितपुर माथि आक्रमण गरे र त्यसलाई आफ्नो कब्जामा लिए। त्यसपछि वि.सं. १६५५ मा नै उनले स्वतन्त्र रूपमा रहेको दोलखामा पनि आक्रमण गरी तत्कालिन राजा भिष्मदेवलाई परास्त गरी आफ्नो अधिनमा लिई दोलखामा ठकुराई राजप्रशासन चलाए। ठकुराई कै क्रममा दोलखाका अन्तिम ठाकुर महिन्द्र सिंहले दोलखाको कार्यभार आफ्ना उत्तराधिकारी छोरा नीलनारायण मल्ललाई सुम्पेको बेला अर्कातिर गोरखाका राजा पृथ्वीनारायण शाह नेपालको एकिकरण गर्ने कार्यमा लागीरहेका थिए।

तिब्बतसँगको व्यापार नुवाकोट जिल्लावाट चल्ने हुनाले कान्तिपुरका राजाले सिन्धुपाल्चोक र दोलखा समेत आफ्नो मातहतमा राखेका हुँदा तिब्बतको व्यापार आफ्नो हातमा पार्न पृथ्वीनारायण शाहले मुश्किल महशुस गरेका थिए। त्यसैगरी उनले दोलखालाई आफ्नो कब्जामा पार्ने योजना अनुरूप ठोसेको फलामखानी समेत अधिनस्थ गर्न दुधकोशी समेत कब्जामा लिएका थिए। उनले तुलाराम पाण्डे र कहरिसंह बस्न्यातका हातमा दोलखाली देशवार प्रधानहरूलाई “नालदुम पूर्व मेरो अम्बल भयो तिमी प्रजापात्र हौ मेरो हजुर्मा आओ तिम्रो रक्षा गरुला“ भनेर पत्र पठाएपछि दोलखालीहरूले मंजुर गरे र गोरखा राज्य दुधकोशीसम्म विस्तार भयो। यसरी वि.सं. १८०३ सम्ममा नुवाकोट सिन्धुपाल्चोक र दोलखा पृथ्वीनारायण शाहको राज्य सञ्चालन भित्र परिसकेका थिए।

वि.सं. २००७ पूर्व र वि.स.२०१८ सालसम्म पनि पूर्व २ नम्वर गोश्वाराको प्रशासनिक इकाईको रूपमा रहेको दोलखालाई वि.सं. २०१८ सालमा देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरिएपछि मात्र अलग जिल्लाको रूपमा अस्तित्वमा आएको पाइन्छ।

जिल्लाका मूख्य ऐतिहासिक र पर्यटकीय स्थलहरु

.दोलखा भिमसेन- सदरमुकाम चरिकोटबाट ४ किमी उत्तरपूर्वमा रहेको ऐतिहासिक सहर दोलखामा अवस्थित भीमेश्वर मन्दिर नेपालकै प्रसिद्ध देवस्थल हो। यसको स्थापना किरातकालमा नै भएको अनुमान छ। देशमा संकट आउनुपूर्व भीमेश्वरको मूर्तिमा संकेतको रूपमा पसिना आउने गर्दछ।

पौराणिक कालमा दोलखा सहरमा पाण्डबहरू गुप्तवास बसेको र सो गुप्तावास बस्दाको समयमा प्रयोग गरिएको सांकेतिक भाषा नै हाल दोलखाली नेवारहरूले बोल्ने नेवार भाषा हो भन्ने किम्बदन्ती रहेको छ। सो मन्दिरमा नित्य पूजा बाहेक भिम एकादशी, वालाचर्तुदशी, चैतेदशै, बडादशै इत्यादिमा मेला लाग्ने गर्दछ।

२. कालिन्चोक भगवती- सदरमुकाम चरिकोटङाई करिव १५ कि.मी. उत्तरडे पदयात्राए दृष्टिकोणल रमणीय स्थल कालिञ्चोक गाविसल अवस्थित आओ मन्दिर ३८४२ मी.ए झेनोल ले। कालिञ्चोक भगवती काभ्रेला पलानञ्चोक भगवती, काठमाडौंला शोभा भगवती सन अन्य भगवती समेत ७ भगवती नाना सन बहिनी गार्ने किम्बदन्ती रहिडे ले। कालिन्चोक डांडांङाइ मनोरम रोलवालिङ हिम श्रृङ्खला सन मनोरम प्राकृतिक दृष्यराई अवलोकन डोओ ढुसि।

३. शैलुङ्गेश्वर महादेव– सदरमुकाम चरिकोटबाट करिव २० कि.मी. दक्षिणमा शैलुङ्गेश्वर डाँडामा अवस्थित यो स्थान ३५०० मी.को उचाईमा रहेको छ। साना ठूला गरेर १०० वटा थुम्काहरू रहेकोले शैलुङ्ग भनिएको यस स्थानबाट प्राकृतिक दृष्यावलोकन गर्न सकिन्छ।

४. टसी गुम्बा- जिल्ला सदरमुकाम चरिकोटबाट १३ कोष उत्तरमा रहेको विगु गाविस वडा नं. ८ मा अवस्थित विगु गुम्बा वास्तवमा यस जिल्लाकै एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल मान्न सकिन्छ। विगु गुम्बाको स्थापना विक्रम संम्बत १९९० तिर डुम्पा रिम्पोछे (स्योराव दोर्जे)ले गर्नु भएको विश्वास गरिन्छ। समथर स्थानमा रहेको उक्त गुम्बामा हाल करिव ६० जना आनी (महिला भिक्षुणी) हरू रहेका छन्। जसले गुम्बामा नियमित रूपमा पाठपूजा गर्ने, पढ्ने र नयाँ भिक्षुहरूलाई पढाउने कार्य गर्दछन्। गुम्बामा कहिल्यै ननिभ्ने एक निमबत्ती नियमित रूपमा बल्दछ। उक्त गुम्बामा दशैको सप्तमीदेखि एकादशीसम्म बत्ती बाल्ने परम्परा छ। हिन्दू धर्मावलम्बीहरूले दशै काटमार गरी बली चढाउने परम्परा भएको र सो परम्पराबाट काट मारमा परी मर्ने हाँस, कुखुरा, बोका, राँगा आदिको नाममा बत्ती बालिएको हो भन्ने किम्बदन्ती छ।

५.देउलाङ्गेश्वर महादेव- ओराङ र लामाबगर गाविसको सीमानामा रहेको देउलाङ्गेश्वर महादेवको मन्दिर उत्तरी क्षेत्रको प्रसिद्ध तिर्थ स्थल हो। स्वस्थानी पूर्णिमाको दिन ठूलो मेला लाग्ने यस मन्दिरमा सत्य यूगमा महादेवले सत्यदेवीलाई जोगीको भेषमा विवाह गरी ल्याउँदा यहि मन्दिरसंगै रहेको कुटीमा राखेको र सत्यदेवीले विलौना गर्दा खरले छापेको सो कुटीको भित्तो च्याती हिमालय पर्वतको दर्शन गराएको किम्बदन्ती रहेको छ। उक्त कुटी मन्दिरसंगै अझै पिन देख्न सकिन्छ।

६.रोलवालिङ्ग उपत्यका- पदयात्राका लागि अति नै रमणीय एवं रोमाञ्चकारी स्थलको रूपमा रहेको यस उपत्यकामा साहसिक पैदल यात्राका लागि विदेशी पर्यटकहरू आकर्षित हुने गर्दछन्।

७. च्छोरोल्पा हिमताल- गौरीशंकर गाविस वडा नं. १ रोलवालिङ्ग उपत्यकामा रहेको च्छोरोल्पा हिमताल नेपालकै सवभन्दा ठूलो हिमताल हो। समुद्र सतहबाट ४५८० मीटरको उचाईमा रहेको यस तालको उत्पति ५० वर्षअघि मात्र भएको अनुमान गरिएको छ। सन् १९६३मा यो हिमताल ०.२३ वर्ग कि.मी. क्षेत्रफलमा रहेकोमा सन् १९९७मा लिएको भू(उपग्रहीय नक्सा अनुसार १.६५ वर्ग कि.मी. सम्म फैलिएको छ। १३५ मी. गहिरो उक्त हिमतालमा १० करोड घ.मी. पानी रहेको अनुमान छ।

८. गौरीशंकर हिमाल- ७१३४ कि.मी अग्लो यो हिमालबाट नेपालको प्रामाणिक समय निर्धारण गरिएको छ। हिन्दू धर्मावलम्बीहरूको अराध्यादेव शिव र पार्वतीको प्रतिक मानिने गौरीशंकर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिवन्ध छ।

९. वेदिङ्ग गाउँ- गौरीशंकर गाविसको वडा नं. १मा पर्ने वेदिङ्ग गाउँलाई हिम मजदुरको गाउँ भन्ने गरिन्छ। यस गाउँका २९ जना भन्दा बढी व्यक्तिले सगरमाथाको आरोहण गरी सकेका छन। हालसम्म १८० सगरमाथा आरोहण गर्ने सफल नेपाली मध्ये वेदिङ्ग वासीले मात्र ७० पटक भन्दा बढी सगरमाथा आरोहण गरी सकेका छन्।

वि.सं. २०४२ साल वैशाख २४ गते गौरीशंकर गाविसको टसीनामामा जम्मिएका तेम्बाछिरी शेर्पा सवैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो व्यक्ति हुन। उनले गत २०५८ जेष्ठ ११ गते उक्त विश्व किर्तिमान कायम गरेका हुन्।

१०.जिरी उपत्यका- जिरी बजार नेपाल सदरमुकाम चरिकोटबाट ५६ कि.मी पूर्वमा रहेको जिरी बजार (उपत्यका) सगरमाथा प्रवेशद्वार हो। समुद्र सतहबाट १९५१ मी.को उचाईमा रहेको जिरी मनोरम प्राकृतिक सौन्दर्यले भरिएको छ। यसलाई नेपालको स्वीटजरल्याण्ड पनि भन्ने गरिन्छ। नेपालको स्वीजरल्याण्ड भनिने पहिचान बनाएको दोलखाको जिरी पुग्न सदरमुका चरिकोटबाट २ घण्टाको यात्रा तह गर्नु पर्छ। काठमाडौँबाट एक सय ८४ किलोमीटरका यात्रा पछि पुगिने जिरी सिमान्तकृत जिरेलहरूको बसोबास रहेको छ। १९०५ मीटरको उचाईमा रहेको जिरी उपत्यका सन् १९३८ सालमा स्वीस सरकारले पक्की सडक पु¥याएको थियो। सगरमाथाको प्रवेशद्धार पनि भनिने जिरीमा जिरेल जातिको मात्र बसोबास रहेको सिक्रिलाई होम स्टे बनाउनका लागि जिरी उच्च माविका प्राचार्य टेकबहादुर जिरेलको संयोजकत्वमा बनेको समितिले होम स्टेको पूर्वाधार तयारी र छलफल अन्र्तक्रिया छलफलको कामलाई अघि बढाएको छ। सगरमाथाको प्रवेशमार्गको रूपमा चिनिने जिरीमा पर्यटकहरूको आगामण बढ्दै गएपछि जिरी बजारमा रहेका होटलहरूले पर्यटकको चाप थेग्न नसक्ने र गाउँबासीलाई पनि व्यवसायी बनाउनका लागि यो अवधारणा ल्याइएको हो । सिक्रिमा होम स्टेका लागि विभिन्न टोलीले स्थलगत अध्ययन पनि गरी सकेका छन्। पाहुनालाई घरायसी वातावरणमा बस्नका लागि एक घरमा चार जनासम्म बस्न मिल्ने गरी सिक्रिका २५ घरमा होम स्टे बताउने योजना बनेको जिरी उद्योग वाणिज्य संघका अध्यक्ष भूमिराज खड्काले जानकारी दिए। स्वीट्जरल्याण्डको जुरिच सहरको रूपमा जिरीलाई चिनिन्छ। सगरमाथा आरोहणमा जानेहरु र सगरमाथा क्षेत्रमा जाने पैदल यात्रीहरु जिरीहुँदै जाने गरेका छन्। इकाला प्रहरी कार्यालय जिरीको तथ्याङ्क अनुसार सन् २००९ भन्दा सन् २०१० मा १५ प्रतिशतभन्दा बढी विदेशी पर्यटकहरूले भ्रमण गरेका छन्। विशेष गरी विदेशी पर्यटकहरु रोल्वालिङ क्षेत्र घुम्न सिंगटी हुँदै जाने गर्दछन्। जिरी आसपासका चेर्दुङ र हनुमन्तेबाट रोल्वालिङ क्षेत्रका हिमालहरु, र दोलखा र रामेछापका अधिकांश गाउँहरु देखिने र चेर्दुङ महादेवको दर्शन गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ।

११.जटापोखरी- जिल्लाको श्यामा गाविस वडा नं. १मा पर्ने जटापोखरी सदरमुकाम चरिकोटबाट १६ कोष उत्तरपूर्वमा पर्दछ। धार्मिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिने उक्त पोखरीमा जनै पूर्णिमाको दिन ठूलो मेला लाग्दछ। यो पोखरी करीव ४५०० मीटरको उचाइमा रहेको छ।

१२.बहुला पोखरी-आलम्पु गाविस वडा नं ९मा रहेको आमा बाभारे पर्वतको थोरै तलतिर वरिपरि कडा चट्टानको आडमा फैलिएको बहुला पोखरीको लम्बाई ३०० मीटर र चौडाइ २०० मीटर रहेको छ भने गहिराइ एकीन हुन सकेको छैन। नेपाल अधिराज्यकै सबैभन्दा गुणस्तरयुक्त स्लेट खानीले मात्र प्रसिद्ध आलम्पु गाविस यस पोखरीको माध्ययमले पनि चिनिन थालेको छ। मनकामना माइले इच्छाएको कुरा पुरा गर्ने किम्बदन्ती जस्तै यस पोखरीले पनि इच्छाएको कुरा पुरा गर्न सक्ने विश्वास गरिन्छ। ऋषि तर्पणी पूर्णिमाको अघिल्लो राति ठूलो मेला लाग्ने उक्त पोखरीको व्यापक प्रचार प्रसार हुन सकेको खण्डमा पर्यटकीय आकर्षण बढ्न सक्ने कुरा निर्विवाद छ।

यस जिल्लाको अधिकांश भूभाग उच्च पहाड तथा हिमालले ढाकिएको छ। पहाड र हिमालको खोच, नदी किनार, टार र बेंसी गरी जम्मा १० प्रतिशत भूभाग मात्र समतल भएको अनुमान छ। भू-धरातलीय स्वरूपको आधारमा ३५ प्रतिशत भूभाग उच्च हिमाली भेगमा, ४० प्रतिशत भूभाग उच्च पहाडी भागमा र २५ प्रतिशत भूभाग मध्य पहाडी भागले ओगटेको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्