राजेन्द्र बिक बाजुरा,९ मंसिर। बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा आजदेखि साढे ४ घण्टा बत्ति जाने भएको छ।
त्रिवेणी बचत तथा रिण सहकारीद्धारा संचालनमा रहेको त्रिवेणी साना जलविद्युत केन्द्रले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै आजदेखि मार्तडीमा साढे ४ घण्टा बत्ति जाने बताएको हो।
पछिल्लो समय चिसो बढेसंगै विद्युतको अत्याधिक माग भएको र त्रिवेणी साना जलविद्युत केन्द्रसँग भएको २०० किलोवाट क्षमताको विद्युतले सवै ग्राहकलाई एकै पटक विद्युत सेवा आपुर्ति गर्न नसकिने भएकोले आजदेखि साँझ ५ देखि साढे ९ बजेसम्म र बिहान ५ देखि साढे ९ बजे सम्म लोडसेडिङ हुने त्रिवेणि बचत तथा रिण सहकारि संस्था लि. का व्यवस्थापक दयाराम पण्डितले बताए। लोडसेडिङ हुने भएपछि स्थानीयलाई चिसो मौसममा झन् सास्ती हुने भएको छ।