अन्तरक्रिया गरी पश्चिम नवलपरासीमा छैठौं उद्योग दिवस मनाइयो

pic
लाेकपाटी न्यूज

रमेश भुसाल/ पश्चिम नवलपरासी, ९ मंसिर। अन्तरक्रिया गरी पश्चिम नवलपरासीमा छैठौं उद्योग दिवस मनाइएको छ। प्रतिनिधिमुलक उद्योगी व्यावसायी र सरोकारवालाहरुको उपस्थीतिमा अन्तरकृृया कार्यक्रम भएको हो।

कार्यक्रममा साना लघु घरेलु उद्यमीहरु पछाडि परेको र उनिहरुलाई प्रविधिको पहुँचमा पु¥याउनु पर्ने साथै वित्तिय सेवा सुविधा र सरकारबाट पाउने सेवा सुविधा लगाएतमा साना उद्योगहरुको पहुँच पुग्नुपर्ने बताएका थिए। त्यस्तै मध्यम खालका व्यावसायहरु धरासायी वन्दै गएको भन्दै सरकारले पनि सोच्नु पर्ने उद्योगी व्यवसायीहरुको भनाइ थियो।

पछिल्लो समयमा कोभिड-१९ को कारणले उद्योगी व्यावसायीहरु प्रभावित भएको भन्दै नेपाल सरकारबाट प्राप्त सेवा सुविधा उद्योगी व्यावसायीले पाउनुपर्ने र त्यसमा घरेलु कार्यलयले सहजिकरण गर्ने तयार रहेको घरेलु कार्यालय पश्चिम नवलपरासीका प्रमुख नेत्र प्रसाद भुसालको भनाइ छ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिव संकर प्रसाद राय, प्रमुख जिल्ला अधिकारी सागर मणी पाठक, साहायक प्रमुख जिल्ला अधिकारी झोरासिहं माझि, जिल्ला स्थिीत सुरक्षा निकायका प्रमुखहरु, नेपाल घरेलु तथा साना उद्योग महासंघ, उद्योग वाणिज्य संघ लगायत उद्योगी व्यावसायीहरुको उपस्थिति रहेको थियो। सो अवसरमा त्रिवेणी पटेर उद्योगकी संचालिका कल्पि कुमारी चौधारी सम्मानीत भएकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्