सञ्चारमाध्यम आवाजविहीनको आवाज बन्नुपर्छः मुख्यमन्त्री गुरुङ

Prithivisubba gurung
लोकपाटी न्यूज

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारमाध्यमले आवाजविहीन जनताको आवाजलाई सशक्तरुपमा उठाउनुपर्ने बताएका छन्। पोखराबाट आजदेखि प्रसारण शुरु गरेको ‘एभरेष्ट एफएम’ को सेवा शुभारम्भ कार्यक्रममा उनले सञ्चारमाध्यमले सरोकार भएकालाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए।

प्रदेश सरकार नागरिकको स्वास्थ्य सुरक्षाका लागि लागिपरेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सरकारका गतिविधिलाई जनतासम्म लैजान र कमीकमजोरी सच्याउन पत्रकारिताको माध्यमबाट सञ्चारमाध्यमले सघाउने विश्वास व्यक्त गरे। प्रदेशका सञ्चारमाध्यमको सवलीकरणका लागि सरकाले लोककल्याणकारी विज्ञान उपलब्ध गराउने प्रक्रिया अघि बढाएको उनले जानकारी दिए।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले कोरोना महामारीका कारण विश्वभरका सञ्चारमाध्यम अहिले संकटको अवस्थामा रहेको प्रतिकूल समयमा अनुकूलता देखेर एभरेस्ट एफएम अगाडि बढ्नु प्रशंसनीय रहेको बताए। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले अनुभवी पत्रकारको समूहले शुरु गरेको एभरेस्ट एफएम चाँडै नै गण्डकीवासी जनतामा लोकप्रिय बन्ने विश्वास व्यक्त गर्दै दिगोरुपमा मिडिया सञ्चालन ल्याउन ध्यान आग्रह गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्