सांसद दीपक मनाङ्गेकी श्रीमती पक्राउ

hatkadi-pakrau
  • 39
    Shares
लाेकपाटी न्यूज

हेटौंडा। गण्डकी प्रदेशका सांसद  राजीव गुरुङ उर्फ दीपक मनाङ्गेकी श्रीमती चोरी मुद्दामा पक्राउ परेकी छन्। डाँका चोरी मुद्धामा प्रहरीले सांसद मनाङ्गेकी श्रीमतीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशीलसिंह राठौरका अनुसार मकवानपुरको पदमपोखरीबाट दीछेन डोल्मालाई पक्राउ गरिएको हो।

दीक्षेनले पोखरास्थित एक घरमा रहेको मूर्ति चोरी गरेको सम्बन्धमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जीवन श्रेष्ठले बताए।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट दिछेनको विरुद्ध ‘डाँकाचोरी’ मुद्धामा पक्राउ पूर्जी जारी भएको थियो। दिछेनलाई पक्राउ गरेर पोखरा पठाइएको एसपी राठौरले बताए। उनी पदमपोखरीस्थित माइतीमा थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्