बिरामी बोकेको भ्यान त्रिशूलीमा खस्यो, बेपत्ताको खोजी जारी

trisuli bepatta
  • 11
    Shares
लाेकपाटी न्यूज

चितवन। बिरामी बोकेको पिकअप भ्यान त्रिशूली नदीमा खसेको छ। प्यूठानबाट बिरामी लिएर काठमाडौं तर्फ गइरहेको लु १च ९७३१ नम्बरको पिकअप भ्यान चितवनको इच्छाकामना- ४ बाट विहान साढे ५ बजेतिर त्रिशुली नदीमा खसेको हो।

दुर्घटनामा तीन जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य बहादुर थापाका अनुसार भ्यानमा चालकसहित चार जना सवार थिए। एक जना भने पौडिएर बाँच्न सफल भएका छन्।

भ्यानमा सवार प्युठानका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का नदीबाट पौडीएर बाँच्न सफल भएका हुन्। रोक्काको अवस्था अहिले सामान्य रहेको छ। उनको पूरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

बेपत्ता हुनेहरुमा रोक्काका बिरामी छोरी १५ वर्षीया जिनिसा रोक्का, उनकी श्रीमती वर्ष ३३ की जमुना रोक्का र भ्यान चालक प्युठानको झिमरुक गाउँपालिका १ का २३ वर्षका सूर्य के.सी. रहेका छन्। उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्