भारतीय विदेश सचिव शृंगलाको नेपाल आगमन स्वागतयोग्य : कमल थापा

kamal-thapa
  • 19
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  अध्यक्ष कमल थापाले भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाको नेपाल आगमन स्वागतयोग्य भएको बताएका छन्।

विदेश सचिव शृंगला २ दिने भ्रमणका लागि काठमाडौं आएकै दिन सामाजिक सञ्जाल फेसबूकमार्फत् अध्यक्ष थापाले ९ महिना लामो संवादहीनता अन्त्य भएर विदेश सचिवको भ्रमण हुँदा नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

थापाले फेसबुकमा लेखेका छन्, ‘९ महिना लामो संवादहीनता अन्त्य गर्दै भारतीय विदेश सचिवको नेपाल आगमन स्वागतयोग्य छ। भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा र्पुयाउन सकोस्, शुभकामना छ। संवादको शुरुआतलाई क्षणिक फाइदाको लागि होइन, पारस्परिक हित र स्वार्थको सम्वद्र्धन गर्ने दीर्घकालीन अवसरका रूपमा सदुपयोग गरिनुपर्छ।’

Capture

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्