ओली बुढो बाघ हुन्, कसैको दाल गल्दैनः मन्त्री श्रेष्ठ

KrishnaGopal_Shrestha
  • 2.3K
    Shares
लोकपाटी न्यूज

सुनसरी। शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकमा संघीयता विरोधी तत्व सलबलाउन थालेको बताएका छन्। सुनसरीको इनरुवामा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले राष्ट्रहीतका लागि केपी ओली बाहेकको विकल्प नरहेको पनि जिकिर गरे।

ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिए संघीयता नै धरापमा पर्ने उनले टिप्पणी गरे। ‘संघीयतालाई कमजोर बनाउनेहरू अहिले प्रधानमन्त्री ओलीविरुद्ध लागेका छन्। यदि प्रधानमन्त्रीले राजीनामा दिने अवस्था आयो भने संघीयता धरापमा पर्छ,’ श्रेष्ठले भने, ‘पार्टी अध्यक्ष छाडे कम्युनिष्ट आन्दोलनको अवसान हुन्छ।’

श्रेष्ठले प्रधानमन्त्री ओलीलाई बुढो बाघसँग तुलना समेत गरे। ‘ओली मरोस्’ भन्ने जमात पार्टीभित्रै बढ्दै गएको उल्लेख गर्दै उनले बूढो बाघ निडर र साहसी भएकाले कसैको दाल नगल्ने बताए। उनले भनेका छन्, ‘ओली बुढो बाघ, निडर र साहसी हुन्, कसैको दाल गल्दैन।’

प्रधानमन्त्री ओली समय सापेक्ष चल्न सक्ने नेता भएकै कारण सहजै परास्त गर्छु भन्ने भ्रम नपाल्नसमेत विरोधी खेमालाई उनले सुझाव दिए। उनले ओलीसँग पौँठेजोरी नखेल्न पनि आग्रह गरे।