काठमाडौँ। स्थानीय बजारमा शुक्रवार सुनको मूल्य प्रतितोला रु. २०० ले ओरालो लागेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु. २०० ले घटेर रु. ९१ हजार ३०० मा कारोबार भएको छ।
बिहीबार छापावाला सुन प्रतितोला रु. ९१ हजार ५०० मा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला रु. ९० हजार ८०० मा कारोबार भएको छ। बिहीबार प्रतितोला रु. ९१ हजारमा कारोबार भएको थियो।
चाँदी शुक्रवार प्रतितोला रु. एक हजार १६५ मा कारोबार भएको छ। बिहीबारका तुलनामा चाँदी प्रतितोला रु। १० ले ओरालो लागेको हो। बिहीबार चाँदी प्रतितोला रु. एक हजार १७५ मा कारोबार भएको थियो।